समाचार

इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार ललितपुरबाट पक्राउ देवकुमार नेपाली अझै फरार

बागलुङ । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरेर फरार भएका इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार ललितपुरको धोबीघाटबाट पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले निसीखोला गाउँपालिका–१ घर रहेकी २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका – ३, धोबीघाटबाट पक्राउ गरेको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले हिडन खबर लाइ बताए । सहकारीका अध्यक्ष देव कुमार नेपाली समेत ८ जना संचालकलाई खोजतलास गर्ने क्रममा सुनारलाई धोबीघाटबाट बिहीबार राति पक्राउ गरिएको हो । सुनारलाई अनुसन्धानको… पुरा पढौ

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिनु भएको छ । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताउनु भयो । निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डल नेतृत्व गर्नुभएकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकोमा जोड दिनुभयो ।“नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका… पुरा पढौ

बागलुङको एक घरमा आगजनी गरि फरार अभियुक्त रुपन्देहीबाट पक्राउ

बागलुङ / बागलुङ नगरपालिका वडा नम्बर ७ मुलपानीको एक घरमा आगजनी गरेर फरार भएका एक जना फरार रहेका ब्यक्तिलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ नगरपालिका वडा नम्बर ७ मुलपानीका रमेशराज पाण्डेको घरमा आगो लगाइ फरार भएका बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानी घर भई हाल बागलुङ नगरपालिका ३ गहते बस्ने  प्रेम बहादुर बिक (प्रतेल) लाई रुपन्देहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । आगलागीबाट… पुरा पढौ

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका ३ उमेदवार विजयी

पोखरा — राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनदलका तर्फबाट तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार सार्वजनिक मतपरिणामअनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए । महिलातर्फ… पुरा पढौ

स्वतन्त्र मेयर बालेन,हर्क र गोपालले गरे राष्ट्रिय सभाको निर्वाचन बहिस्कार गरे

काठमाडौं–स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्वार बनेर निर्वाचित भएका तीनजना मेयर गोपी हमाल,हर्क साम्पाङ र बालेन साहले राष्ट्रिय सभाको निर्वाचनमा मतदानलाई बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन् । आज बिहान ९ देखि ३ बजेसम्म मतदानको समय तोकिएको भएपनि सम्बन्धित प्रदेशको मतदान केन्द्रमा बालेन, हर्क र गोपी मतदान केन्द्रमा मतदान गर्न गएनन् । हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर, बालेनको… पुरा पढौ

आगामी शैक्षिकसत्रकाे लागि पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन

काठमाडौं । चालु शैक्षिक सत्रकाे समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रकाे भर्नाअघि नै पुस्तक पाउने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाई सक्नेगरी काम तिब्रगतिमा भइरहेको जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएपछि गत वर्ष युद्धस्तरमा छपाई कार्य सम्पन्न भएर इतिहासमा नै पहिलोपटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको अनुगमन टोलीसँग लिमिटेडका प्रबन्ध निर्देशक… पुरा पढौ

संविधानको पालना हाम्रो दायित्व हो ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताउनु भएको छ । विहीवार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्व न्यायाधिश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । पूर्व न्यायाधिश समाजका अध्यक्ष टोपबहादुर शिंहसहितका पूर्वन्यायधिशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी विगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानूनको पालना गर्न लगाउन पूर्व न्यायाधिशहरुको भूमिकासमेत महत्वपूर्ण रहने वताउनु भयो ।… पुरा पढौ

वि पी स्मृति भवन बनाउन १४ लाख दिने तमानखोलाको निर्णय उल्टियो

बागलुङ : नेपाली कांग्रेस बागलुङको वीपी स्मृति  भवन निर्माणका लागि बजेट दिने तमानखोला गाउँपालिकाले गरेको निर्णय उल्टिएको छ । बुधबार बिहान बसेको सर्वदलीय बैठकले गाउँसभाबाट विनियोजित १४ लाख रुपैयाँ वीपी स्मृति भवन निर्माणका लागि खर्च नगर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसबाट निर्वाचित तमानखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष झगबहादुर बुढा मगरको अध्यक्षतामा बसेको बैठकले वीपी स्मृति भवन निर्माणका लागि गरिएको निर्णयलाई उल्टियाउँदै सहमतिमा योजना छनोट गर्ने निर्णय भएको वडा नम्बर ४ का वडाध्यक्ष छवी  श्रीपालीले जानकारी दिए । ‘गाउँपालिका… पुरा पढौ

चैत मसान्तसम्म सहकारी पीडितले बचत फिर्ता पाउने संभावना नदेखेपछि आन्दोलन गर्ने तयारीमा काठमाडौं  /नेपालमा कुनै समय ‘गाउँ गाउँमा सहकारी’ घर घरमा भकारी भन्ने नारासहित प्रवर्द्धन गरिएका सहकारीहरूमा एकपछि अर्को बेथिति रोक्न राज्यले सहकारीहरूको नियमन र वर्गीकरण कसिलो बनाउन नसक्दा सहकारी प्रति जनताको बिश्वास घट्दै जान थालेको छ ।

सहकारी पीडित संघर्ष समितिले लगातार दुई महिनाभन्दा बढी राजधानी केन्द्रीत आन्दोलन गरेपछि सरकार र सहकारी पीडित संघर्ष समिति बिच ७ बुँदे सहमति भइ चैत मसान्तसम्म बचत कर्ताहरूले जम्मा गरेको बचत फिर्ता गर्ने लिखित सहमति भएको महिनाै बितिसक्दा समेत पैसा फिर्ता गर्ने वातावरण नभएपछि पीडितहरू पुन आन्दोलनमा जाने तयारीमा छन् । लाखौं बचत कर्ताहरूले आफुले बिहान बेलुका खाइनखाइ जम्मा गरेको अरवाै रकम सहकारीका संचालकहरूले अवचलन गरि फरार भएको भन्दै काठमाडौमा माइतीघर मण्डलामा ६३ दिनसम्म आन्दोलन गरेका थिए । सरकार र सहकारी… पुरा पढौ

पत्रकार रानालाइ कुटपिट गर्ने प्रहरी नायब निरीक्षकलाइ कार्वाही

बागलुङ / साताैं बागलुङ महाेत्सवकाे एघारौं दिन प्रहरीले नागरिक माथि लाठीचार्ज गरेको घटनाको भिडियो र फाेटाे खिचेको भन्दै पत्रकार विजय रानामाथि कुटपिट गर्ने प्रहरी नायव निरीक्षक अनुप केसी क्षेत्रीलाई प्रहरीले विभागीय कारबाही गरेको छ । कारबाही स्वरुप केसी आजै रमाना भएर गण्डकी प्रदेश प्रहरी कार्यालयमा जगेडामा गएकाे नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव सृजना पन्तले बताए। पत्रकार रानामाथि कुटपिट गरेकोमा गल्ती महसुस गर्दै प्रहरी नायव निरीक्षक केसीले रानासंग माफी मागेकाे र आगामी दिनमा यस खालको कुनै पनि गल्ती नदोहोराउने प्रतिवद्धता… पुरा पढौ