दिलिशा भण्डारीको रहस्यमय मृत्यु निष्पक्ष छानबिन गर्न बागलुङ नगरपालिकाकाे माग

-


     हिडन खबर    
     जेठ ६ गते २०८१ मा प्रकाशित


बागलुङ / बागलुङ नगरपालिका नगर कार्यपालिका कार्यालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरि रहस्यमय तरिकाले मृत्यु भएकी दिलिसा भण्डारी दिक्षाकाे निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठ नगर उप प्रमुख राजु खड्का र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले बागलुङ नगरपालिका वडा नम्बर १० गलुवामा जन्म भई काँठेखाेला गाउँ पालिका १ खहरे निवासी भण्डारीको जेठ १ गते रहस्यमय मृत्यु भएको घटना प्रति नगरपालिका परिवार स्तव्ध भएको जनाएको छ ।

उक्त घटनाको यथाशक्य छिटो वास्तविक सत्य तथ्य र निष्पक्ष छानबिन गरि दाेषी उपर कानुनी प्रक्रिया अगाडि बढाइ दिन सम्बन्धित निकाय संग नगरपालिकाले हार्दिक अपिल गर्दछ भनेर विज्ञप्तिमा भनिएको छ ।