आई.पि.भि. खोप लगाउन वञ्चित बालबालिकालाई खाेप

-


     हिडन खबर    
     जेठ ७ गते २०८१ मा प्रकाशित


बागलुङ / स्वास्थ कार्यालय बागलुङको आयोजनामा जिल्ला खाेप समन्वय समिति र सराेकारवाहरू र संचारकर्मिहरू बिच अभिमुखी कार्यक्रम गरेर पाेलियाे राेग विरुद्दकाे प्रतिराेधात्मक क्षामता बढाउन आईपिभी खाेप अभियान शुरू हुने भएको छ ।

आई.पि.भि. खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियो देखिने जोखिम हुँदा अभियान मार्फत खोप लगाइने भएको छ । नेपालमा आई.पि.भि. खोप २०७१ सालदेखि बालबालिकालाई बागलुङ जिल्ला आई.पि.भि. खोप अभियान सञ्चालन हुने भएको छ ।

जेठ १३ गतेदेखि २२ गतेसम्म जिल्लामा आई.पि.भि. खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

अभियानका लागि जिल्लाका १० ओटै पालिकामा ३ सय ३९  खोप केन्द्र तोकिएको र सो खोप केन्द्रहरूमा ३ सय ३९ जना स्वास्थ्यकर्मी र ६७८ जना स्वंयसेवक परिचालन हुनेछन् भने ए,ई,एफ,आइ ब्यवस्थापन र अनुगमनको लागि ९५ जना परिचालन हुने कार्यक्रम रहेको छ । 

बागलुङ जिल्लामा  ११ हजार ७ सय ७१ जना बालबालिकालाई खोप लगाइन लागेको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए ।

वैशाख २०७३ देखी असोज २०७५ को अवधिमा जन्मिएका बालबालिकालाई अभियान मार्फत खोप लगाइन लागेको हो ।

सो अवधिमा खोप अभावका कारण देशभरका १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकाले आई.पि.भि. खोपबाट वञ्चित भएका थिए ।

आई.पि.भि. खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियो देखिने जोखिम हुँदा अभियान मार्फत खोप लगाइन लागिएको हो । नेपालमा आई.पि.भि. खोप २०७१ सालदेखि बालबालिकालाई लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार जेठ १३ गतेदेखि सुरु हुने अभियान बागलुङ नगरपालिका ,जैमुनी नगरपालिका ,गलकाेट नगरपालिका ,ढाेरपाटन नगरपालिका ,काँठेखाेला गाउँपालिका ,बरेङ गाउँ पालिका ,तमान खाेला गाउँपालिका ,निसी खाेला गाउँपालिका ,र ताराखाेला गाउँपालिकामा जेठ २२ गतेसम्म खाेप लगाउने कार्यक्रम रहेको छ ।