
बागलुङ / अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपाल अन्तर्गत कलष्टर नं ९ रिजन १९ जोन ३८,३९,४० को रिजन कन्फ्रेन्स तथा चौथो जोन मिटिङ सम्पन्न भएको छ ।
जिल्लामा रहेका ३ वटा जोन अन्र्तगतका रिजन र जोन चियर पर्सनको आयोजनामा मिटिङ सम्पन्न भएको हो ।
रिजन चेयर पर्सन केशव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेसल डिष्ट्रिक ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाले आफूले वार्षिक कार्यक्रम अन्र्तगत ल्याएको महिलाको हात महिलालाई साथ कार्यक्रम सफल भएको भन्दै धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा सेकेण्ड भाईस गर्भनर दुर्गा प्रसाद हुमागाँई, क्याबिनेट ट्रेजररमा दुर्गा ढकाल, रिपोटिङ चिफ महेश पौडेल, सेक्रेटरीयट चिफ मिनराज काफ्ले, श्रीरंगवैंकटेश मुक्तिनारायण मन्दिर कुँडुले फेदीका अध्यक्ष स्वामी ऋषि प्रपान्नाचार्य लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठ, राजु गौतम, नारायण आचार्यले आफ्नो जोन अन्र्तगतका क्लवहरुको रिपोटिङ गर्नु भएको थियो ।
कार्यक्रममा धार्मीक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै श्रीरंगवैंकटेश मुक्तिनारायण मन्दिर कुँडुले फेदीका अध्यक्ष स्वामी ऋषि प्रपान्नाचार्यलाई सम्मान गरिएको थियो ।
स्वामी प्रपान्नाचार्यलाई डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा रिजन चेयर पर्सन तथा जोन चियर पर्सनका श्रीमतीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा जोस्ना शाक्यले तनाव व्यपस्थापनको वारेमा प्रशिक्षण दिनु भएको थियो ।
डिपार्टमेन्ट चिफ कविता वस्नेतले स्वागत गर्नु भएको कार्यक्रमको संचालन जोन चियर पर्सन नारायण आचार्यले गर्नु भएको थियो ।















