
काठमाडौ / काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएको भौतिक संरचना भत्काउन शुरू गरेको छ ।
काठमाडौ महानगर प्रहरी बलले गौशाला चोकमा सडक किनार अतिक्रमण गरी बनाइएका घर, टहरा तथा पसलहरुमा आज बिहान डोजर चलाएको हो ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घरटहरा भत्काइएको बताउनुभयो ।
महानगरले घरमा डोजर चलाएपछि त्यहाँ झडपको स्थिति बनेको थियो । त्यसक्रममा स्थानीयले सडकमा उत्रिएर महानगरविरुद्ध मेयर बालेन साह बिरूद्व चर्को नाराबाजीसमेत गरे ।
‘गौशाला चोकका केही घरमा डोजर चलाइएको सडकमा परेका घर टहराहरु भत्काइएको छ । सो क्रममा केहीस्थानीयले विरोध गरेको थियो । हाल महानगरले त्यस्ता संरचना भत्काइसकेको छ’, प्रमुख पाण्डेले भन्नु भयो ।









