
बागलुङ / विद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङमा व्यस्थापन समुहतर्फ कक्षा ११ मा अध्ययनरत दिलिसा भण्डारीको रहस्मय मृत्यु प्रकरण को छानविनको लागि विद्यालयले बागलुङ सदरमुकाममा दबाब मुलक शान्तिपूर्ण माैन जुलुस प्रदर्शन गरेको छ।
जेठ १ गते रहस्यमय ढंगले मृत्युु भएको घटनाको निषपक्ष छानबिन गरेर घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गर्दै
बिद्यालयबाट बिद्यार्थी ,बिद्यालय ब्यवस्थापन समिति,र शिक्षकहरूले दिलिसा भण्डारीको लागि न्याय माग्दै माैन जुलुस प्रदर्शन गरेको बिद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले बताउनुभयाे ।
ब्यानर प्लेकार्ड सहित निस्केको माैन जुलुसले बागलुङ बजार परिक्रमा गरेको थियो ।बिद्यालय र ब्यवस्थापन समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गरेर घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको बिद्यालयका सुचना अधिकारी कुलराज शर्माले बताउनुभयो ।













