
बागलुङ/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव गोकर्णमणि दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँन नहुने बताउनु भएको छ ।
बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाका संचालकहरुसँगको अन्तरक्रियमा बाल्दैे सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्र धर्मराएको बताउनु भएको हो ।
केही सहकारीले बदमासी गर्दा समग्र क्षेत्रले बदनामी खेप्नुपरेको भन्दै मन्त्रालयले समस्याको समाधानको लागि पहल गरिरहेको बताउनु भयो ।
सञ्चालक र सदस्यहरु नियमनमा बाँधिन नसक्दा र सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखिएको भन्दै सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आएको समेत सचिव दुवाडीले स्पष्ट पार्नु भयो ।
स्वयम् सञ्चालक नियममा बाँधिन नचाहाँदा पनि समस्या उत्पन्न भएको बताउदै सहकारीमा सुशासनको खाचो रहेको उल्लेख गर्नु भयो ।
सहकारीहरु स्वनियमन हुने सस्था भएकोले सुध्रिनुको विकल्प छैन नरहेको बताउनु भएको छ । सरकारले सहकारी संस्थाहरूमा ऋण लगानीको सूचना आदानप्रदानको लागि छिटै कर्जा सूचना केन्द्रमा समावेश गर्ने बताउदै सहकारीका लागि छुट्टै सूचना केन्द्र स्थापना गर्दा प्रभावकारी नहुने भन्दै बैंक, वित्तीय संस्थासँग काम गरिरहेको कर्जा सूचना केन्द्रलाई स्थापना गरेमा सहकारीमा देखिएको समस्या समाधार हुने विश्वास व्यक्त गर्नु भयो ।
सहकारी क्षेत्र अहिले सकसपूर्ण ढंगले अगाडि बढिरहेको बेला सिवाइसी सहकारीले प्रविधिको प्रयोग गरी सदस्यलाई सहज सेवा प्रदान गरेको भन्द्र प्रसंसा व्यक्त गनु भयो । नेपालमा सवै भन्दा वढि सहकारी एकिकरण गरेको सिवाइसीले सदस्यको सन्तुष्टिलाई प्राथमिकता दिन आग्रह गर्नु भयो ।
सो अवसरमा सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले सहकारीको गुणात्मक विकासका लागि एकीकरण अपरिहार्य ठानेर सिवाइसीले एकीकरण अभियान चलाएको भन्दै एकीकरणमा रहेका सरकारी झनझट लाई केही खुकुलो बनाउन आवश्य रहेको सुझाव दिनु भयो ।
सो अवसरमा सरकारले एकीकरण नीति अवलम्वन गरेपनि वचत तथा ऋण सहकारी सस्थालाई अन्य विषय गत सहकारीलार्य भन्दा वढी अन्यायमा भएको बताउनु भयो ।
राज्यले दिन अनुदान बचत तथा ऋण सरकारीले पनि पाउनु पर्ने बताउनु भयो ।












