दिलिसा भण्डारीको मृत्यु बारे निषपक्ष छानवीन गर्न बिद्यामन्दिर माध्यमिक बिद्यालयकाे माग

-


     हिडन खबर    
     जेठ ५ गते २०८१ मा प्रकाशित


बागलुङ / बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङले एक विज्ञप्ति प्रकाशित गरि बिद्यामन्दिर माध्यमिक बिद्यालय कक्षा ११ मा अध्ययनरत छात्रा दिलिसा भण्डारीकाे रहस्यमय ढंगले मृत्यु भएको भनि सत्यतथ्य छानबिन गर्न अनुरोध गरेको छ ।

बिद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी र ब्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले हस्ताक्षर गरि प्रकाशित गरेको विज्ञप्तिमा भण्डारीको मृत्युुले बिद्यालय लाइ अपुरणिय क्षति पुगेको शिक्षा प्राप्त गरि सुन्दर भबिस्य निर्माण गर्ने सपना बाेकेर यस बिद्यालयमा अध्ययन गरिरहेका छात्राको रहस्यमय मृत्यु भएको घटनाको बास्तविक र सत्यतथ्य निषपक्ष छानबिन गर्न माग गरेको छ ।

बागलुङ। बागलुङको काठेखोला गाउँपालिका-वडा नम्बर १ खहरे घर भएकी दिलिसा (दिक्षा) भण्डारीको शवको फरेन्सिक मेडिसिन विज्ञ झिकाएर शनिबार पोष्टमार्टम गरिएको छ ।

१८ वर्षीय दिलिसाको संस्कापद मृत्यु भएको देखिएकोले पोखराको मणिपाल शिक्षण अस्पतालबाट आएका दुई जना फरेन्सिक विशेषज्ञ टोली झिकाएर धौलागिरि अस्पतालमा पोष्टमार्टम गरिएको हो ।

दिलिसाकाे मृत्यु रहस्यमय ढंगले भएको भन्दै बागलुङ सदरमुकाममा दिनहुँजसो घटनाको निषपक्ष छानबिन गरि अपराधीलाई कार्वाही हुनुपर्ने माग गर्दै नारा जुलुस प्रदर्शन भइरहेको छ ।