
बागलुङ / बागलुङ नगरपालिकाकाे जनप्रतिनिधिहरूकाे दुई बर्षिय कार्यकाल पुरा भएको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रम बिशेश कारण बस स्थगित भएको छ ।
बागलुङ नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएको दुई बर्ष पुरा भएको भन्दै नगर प्रमुख बसन्त श्रेष्ठ र उप प्रमुख राजु खड्काले आइतबार बेलुका ६ बजेको लागि आयोजना गरेको चियापान कार्यक्रम दिलिसा भण्डारीकाे रहस्यमय ढंगले मृत्युु भएको भन्दै आन्दोलनरत महिला दिदीबहिनीहरूले बिथोले पछि स्थगित भएको हाे ।
हाम्रो दुई बर्ष कार्यक्रम भन्दै बागलुङ नगरपालिका वडा नम्बर २ बीरेन्द्र ऐश्वर्य पार्क भित्र आयोजना गरिएको चियापान कार्यक्रम बागलुङ नगरपालिकाले बिशेश कारण बस स्थगित भएको भनेर बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले लिखित रूपमा सुचना जारी गर्नुभएको छ ।
बागलुङ नगरपालिका नगर कार्यपालिका कार्यालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरि रहस्यमय तरिकाले मृत्यु भएकी दिलिसा भण्डारी दिक्षाकाे निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठ नगर उप प्रमुख राजु खड्का र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले बागलुङ नगरपालिका वडा नम्बर १० गलुवामा जन्म भई काँठेखाेला गाउँ पालिका १ खहरे निवासी भण्डारीको जेठ १ गते रहस्यमय मृत्यु भएको घटना प्रति नगरपालिका परिवार स्तव्ध भएको जनाएको छ ।
बागलुङ सदरमुकाममा दिनहुँजसो दिलिसा भण्डारीका माइती पक्षले भण्डारीको हत्या भएको दावी गर्दै निरन्तर सडक आन्दोलन गरिरहेका छन् ।












