समाचार

धौलागिरि अस्पताल २०० शैयाको बनाउने घोषणा !

गण्डकी प्रदेशको उप प्रादेशिक अस्पतालको रुपमा रहेको धौलागिरि अस्पताललाई ५० शैयाबाट स्तर बृद्वि गरि २०० शैयाको बनाउन सरकारले स्वीकृत दिएपछि काम अगाडि बढाइएको छ । ५० शैयाको अस्पताल बनाउने घोषणा गरेको १५ बर्ष बितिसक्दा समेत पूरा नभएको बेला १५० शैया थप गरि २०० शैया बनाउने महत्वाकांक्षी योजना अगाडि बढाएको हो । सरकारले १५ बर्ष अघि घोषणा गरेको ५० शैया बनाउने काम पुर्ण रुपमा सम्पन्न नहुँदै २०० शैयाको बनाउने महत्वाकांक्षी योजना अगाडि बढाएको छ । ८ बर्ष अगाडि सुरु भएको अस्पतालको… पुरा पढौ

एमसिसिको ११ बुँदे ‘व्याख्यात्मक घोषणा’   (पुर्णपाठसहित)

सत्तारुढ दलले एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने भएका छन् । सत्तारुढ दलले तयार पारेको व्याख्यात्मक घोषणामा कम्प्याक्ट इण्डोप्यासिफिक रणनीति नभएको भनिएको छ । ​आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो । यसअघि एमसीसीबारे गठबन्धनमा विवाद हुँदै आएकोमा व्याख्यात्मक टिप्पणीबारेको सहमति जुटेको हो । यससँगै संसदबाट एमसीसी आजै पारित गर्ने तयारी भएको छ । एमसीसीबारे सत्ता गठबन्धनको व्याख्या – सैन्य सुरक्षा गठबन्धन नमान्नेदेखि बौद्धिक सम्पति नेपालकै हुने ‘कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएको कारण नेपाल… पुरा पढौ

गठबन्धन कायम राख्न एमसिसिमा माओवादीकाे नयाँ बाटो

बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसिसि सम्झौता संसद बाट कसरी अनुमाेदन गर्ने भन्ने बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठक सकिएको छ । नेकपा माओवादी केन्द्रकाे बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनको लागि संसदमा पूरक प्रस्ताव लैजानुपर्ने निर्णय गरेको बुझिएको छ । सत्ता गठबन्धनको हिजो राति बालुवाटारमा बसेको बैठकमा समस्या समाधानको नयाँ र बीचको बाटो अगाडि बढ्ने सहमत भएपछि आज माओवादीले सोहीबमोजिम निर्णय गरेको हो । बैठकले भियना सन्धि अनुकूल हुने गरी ब्याख्या… पुरा पढौ

बागलुङ नगरपालिका द्वारा धाैलागिरि अस्पताललाई शव वाहन हस्तान्तरण !

बागलुङ नगरपालिकाले धाैलागिरि अस्पताललाई शव वाहन हस्तान्तरण गरेको छ । हिजोको दिनमा अस्पतालमा बिरामीको मृत्यु हुदा दाहसंस्कारकाे लागि घाट सम्म पुर्‍याउने साधन जिल्लामा नहुँदा सास्ती खेप्दै आएका नागरिकले भने अब त्यो झझंटकाे अन्त्य भएको छ । बागलुङ जिल्लामा एउटा पनि शव वाहन नहुँदा अस्पताल लगायत विभिन्न ठाउँमा मृत्यु भएका ब्यक्तिकाे लास दाहसंस्कारकाे लागि लैजान धेरै गार्‍हो भइरहेको जन गुनासो आएको भन्दै बागलुङ नगरपालिकाले १४ लाख बढी मुल्यको शव वाहन धौलागिरि अस्पताललाई हस्तान्तरण गरेको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना… पुरा पढौ

एकीकृत स्वास्थ्यकर्मी संगठन बागलुङको जिल्ला समिति गठन !

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट स्वास्थ्यकर्मीहरुको पेशागत संगठन बागलुङको जिल्ला भेला सम्पन्न भएको छ ।शनिबार सम्पन्न भेलाले टुकनाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा सकुन्तला थापा बोसेल चयन भएका हुन । समितिका सदस्यहरुमा मनिषा शर्मा, प्रवेश पौडेल, काली प्रसाद भण्डारी, आशिष शर्मा, राधा पौडेल, कमला थापा अग्नि आचार्य, डिल्ली प्रसाद शर्मा, सृष्टि थापालाई चयन गरिएको हो । कार्यक्रममा बोल्दै एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापाले नवगठित कार्यसमितिले पेशागत मर्यादालाई… पुरा पढौ

कालिका मन्दिरमा अब क्युआर काेडबाट भेटी !

नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा आधुनिक बैकिङ्ग प्रणाली क्युआर कोड सुरु गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आवश्यकतालाई ध्यान दिँदै डिजिटल बैंकिङ प्रबिधि क्युआर काेडको सुरु गरिएको हो ।अब मन्दिरमा आउने भक्तजनहरुले दान दक्षिणा एवं भेटी क्युआर कोडको प्रयोग गरि चढाउन पाउने भएका छन् । प्रभु बैंक बागलुङ शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरि मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष लिलादेबि खड्कालाई क्युआर कोड हस्तान्तरण गरेको हो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले सरकारी तथा गैरसरकारी संघ… पुरा पढौ

उपल्लाचौर बसपार्कमा अख्तियारको आँखा, विशेष अदालतमा मुद्दा दर्ता: विज्ञप्ति सहित !

उपल्लाचौर बसपार्कमा अख्तियारको आखा: विशेष अदालतमा मुद्दा दर्ता: प्रेस विज्ञप्ति सहित बागलुङ नगरपालिकाको उपल्लाचौरमा सञ्चालनको पर्खालमा रहेको बसपार्कको निर्माण र जग्गा व्यवस्थापनमा अनियमितता गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले बागलुङ नगरपालिकाका तत्कालिन प्राविधिक प्रमुख दयाराम अधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारीसहित आठ जनाविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्वारा… पुरा पढौ

अवैध नदीजन्य पदार्थ सहित ४ ट्याक्टर बागलुङ प्रहरीको नियन्त्रणमा !

जिल्ला प्रहरी कार्यालय बागलुङले कालीगण्डकी नदीबाट चरवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ लोड गरिएका ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिईएको हो । शुक्रबार बिहान स्थानीयको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले बागलुङ नगरपालिका-१ स्थित खनियाबासबाट ४ वटा ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रहरीले ग १ त ६२१९, ग १ त ६७७०, ग १ त ५५४२ र ध १ त ४४७९ नम्बरका ट्याक्टरहरुले कालिगण्डकी नदीबाट अबैध रुपमा ढुङ्गा र बालुवा लोड गरि… पुरा पढौ

सुख्खा पहोरोमा परि निर्माण समिति पुर्व अध्यक्षको मृत्यु !

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका सुख्खा पहोरोमा परि एक जनाको ज्यान गएको छ । पालिकाको वडा नम्बर ७ मोटरबाटो खन्ने क्रममा गएको सुख्खा पहिरोमा पुरिएर अवलोकनका लागि पुगेका मोटरबाटो निर्माण समितीका पुर्ब अध्यक्ष ६० बर्षिय गोपिराम बिकको घटना स्थलमै मृत्यु भएको हो । पहिरोमा परि निर्माण समितिका अध्यक्ष ३४ बर्षिय दुर्गा बिक र उनका भाइ ३८ बर्षिय डिल बहादुर बिक घाइते भएका वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । घाइतेको अवस्था सामान्य रहेको र उनिहरुको स्थानिय मेडिकलमा उपचार भईरहेको गुरुङले बताए… पुरा पढौ

नेपाल प्रहरीका १८ एसपीको सरुवा

काठमाडौं बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने चर्चा चलिरहेको बेला नेपाल प्रहरीका १८ जना एसपीकाे सरूवा भएको छ प्रहरी प्रधान कार्यालयले १८ एसपीको सरुवा गरेको छ । फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने गरी उनीहरूको आइतबार सरुवा भएको हो । सरुवा भएका एसपीहरूमा कमल थापा, कृष्ण बहादुर पल्ली मगर, केदार खनाल, गंगा पन्त, गोपाल भट्टराई, गोविन्द थपलिया, मनोजकुमार केसी, तुलबहादुर कार्की, दयानिधि ज्ञवाली, दानबहादुर मल्ल, दीपककुमार बस्नेत, नकुल पोखरेल, विमलराज कँडेल, वीरबहादुर ओली, रवीन्द्र रेग्मी, लक्ष्मीराज… पुरा पढौ