
मंसिर ४ गते हुने प्रतिनिधि सभाका उमेदवारहरूले जनताको भाेट आफ्नो पक्षमा पार्नकाे लागि बागलुङ जिल्ला लाई संघीय राजधानी बनाउने देखि स्थानीय विकास निर्माणका मुद्दा लाई यसपटक पनि अगाडि सारेका छन् ।
मंसिर ४ गते हुने निर्वाचन आफ्नो पक्षमा पार्न बागलुङ जिल्लामा पाँच दलीय गठबन्धन र एमाले लगायतका राजनीति पार्टीहरू आम मतदातालाई प्रभावित बनाउन नयाँ नयाँ योजना र एजेन्डा अगाडि सारिरहेका छन् । जिल्लाकाे विकास निर्माण देखि स्थानीय जनताको आर्थिक समृद्धिका कुरालाई समेत उमेदवारहरूले चुनावी नारा बनाउदै हिडिरहेका छन् ।
प्रतिनिधि सभाकाे दुईवटा निर्वाचन क्षेत्र भएको बागलुङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी बाट उमेदवार बनेका खिमानन्द कडेलले बागलुङ जिल्ला र वरिपरिका जिल्ला गाभेर संघीय राजधानी बनाउने बहस चलाउने आफ्नो योजना भएको बताए । मध्यपहाडी राजमार्ग काे केन्द्र भाग र चीन र भारत जाेड्ने कालीगण्डकी लाेकमार्गकाे
केन्द्र भागमा बागलुङ पर्ने भएको कारणले पनि राजधानी बनाउन सहज हुने कडेलले बताए ।
२०७२ सालको संविधानकाे रक्षाकाे लागि देशको सार्वभौम सत्ताको रक्षाकाे लागि जिल्लाकाे विकासकाे लागि आफ्नो उमेदवारी भएको राष्ट्रिय जनमाेर्चाका अध्यक्ष बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उमेदवार चित्रबहादुर केसीले बताए l
अहिले राजनीति नेतृत्व युवाले गर्नुपर्ने कुरा उठिरहेको बेला पुराना बामपंथी नेता चित्रबहादुर केसीले उमेर र युवाको कुरा आफ्नो ठाउँमा जायज भएपनि प्रमुख कुरा बिचारकाे भएको हुदा सबैको भुमिका जरुरी रहेको बताए ।
५ बर्ष देखि मध्यपहाडी राजमार्गकाे बारेमा पटकपटक संसदमा आवाज उठाएको अहिलेसम्म त्यो काम सम्पन्न नभएको हुदा
यसपटक पनि आफ्नो मुद्दा मध्यपहाडी राजमार्ग ,कालीगण्डकी काेरीडाेर लगायतका बिषय नै प्रमुख भएको क्षेत्र नम्बर १का उमेदवार सुर्य पाठकले बताए ।


राष्ट्रिय गाैरवकाे योजना मध्यपहाडी राजमार्ग र चीन र भारत जाेड्ने उत्तर दक्षिण राजमार्ग कालीगण्डकी काेरीडाेर समेत
बागलुङ जिल्ला भएर जाने आयोजना समेत पटकपटक म्याद थपने काम भन्दा अर्को उपलब्धि हुन सकेको देखिदैन ।२०७४ सालको निर्वाचन बाट सांसदमा निर्वाचित हुनासाथ मध्यपहाडी राजमार्ग ६ महिना भित्र कालोपत्रे गर्न ठेकेदार कम्पनी लाई निर्देशन दिएपनि अहिलेसम्म सडकको अवस्थामा परिवर्तन भने हुन सकेको छैन । यसपटक पनि उही पुरानो अनुहार र उहीँ बिकासका नारा अगाडि लिएर आएपछि मतदाता आक्राेशित देखीएका छन् ।









