नेपाल संवत् ११४३ बागलुङ सदरमुकाममा रहेका नेवार समुदायले विभिन्न झाकी सहित धुमधामका साथ मनाउदै गर्दा बागलुङमा रहेका नेवार समुदाय बिस्ताफित हुदै राजधानी लगायतका जिल्लामा गएपछि भएको संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ ।
नेपालीहरूकाे माैलीक संवत् नेपाल संवत् ११४३ (न्हूदँ)को उपलक्ष्यमा सांस्कृतिक झाकी सहित बागलुङ सदरमुकाममा नेपाल संवत् कार्यक्रम मनाइयो ।बागलुङ सदरमुकाममा रहेका नेवार समुदायका ब्यक्तिहरू काठमाडौ, पाेखरा,लगायतका ठाउँमा बसाइँसराइ गरेर गएपछि जिल्लामा संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ ।
जिल्लामा भएका नेवार समुदाय राजधानी लगायतका ठाउँमा बसाइँसराइ गरेर गएपछि भएको संस्कृति जगेर्ना गर्न हम्मेहम्मे परेको बागलुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।
जिल्लामा रहेका नेवार समुदाय बिस्तापित हुदै गएको कारणले
नेवारी संस्कृति जाेगाउन हम्मेहम्मे परिरहेको भएपनि इच्छाशक्ति हुने हाे भने त्यसलाई जाेगाउन जगेर्ना गर्न सकिने शाक्य समाजका अध्यक्ष राजन कुमार शाक्यले बताए l
बागलुङ सदरमुकाममा ब्यापार ब्यवसाय गर्दै आएका नेवार समुदाय ब्यापार ब्यवसायकै क्रममा पलायन भएर बाहिर गएको कारणले पनि भएको संस्कृति जाेगाउन समेत केही बर्ष यता गार्हो हुदै गएको नेपाल भाषा मंका:खलका सचिव सुदीप राजभण्डारीले बताए ।
नेपाल संवत् मनाउन सबैकाे चासो देखिन्छ अहिले ठाउँ ठाउँमा नेपाली परम्परागत अनुसार सांस्कृतिक झाकी देखाउने काम पनि भइरहेको तर जिल्लामा भएका नेवार समुदाय पलायन भएर गएको कारण केही कमि देखिए पनि आगामी बर्ष नेवार समुदाय मात्र नभइ अरू समुदायलाई पनि सहभागी बनाएर जानुपर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।
नेपाल संवत् काे अबसर पारेर समाजमा सामाजिक र नेवारी संस्कृति जगेर्ना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने दुई जना ब्यक्तिलाई नेवारी परम्परा अनुसार ईश्वर लाल बज्राचार्य ,मनमाया श्रेष्ठ लाई म्हपूजा गरेर सम्मान गरिएकाे थियो । कार्यक्रममा स्थानीय निर्वाचन २०७९ मा नेवार समुदाय बाट निर्वाचित बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,वडा सदस्य बिदेश कुमार श्रेष्ठ र सुनिता श्रेष्ठलाई दाेसल्ला आेढाएर सम्मान गरिएको थियो ।
नेपाल भाषा मंका:खल बागलुङ को संयोजकत्वमा शंखधर बहुमुखी सहकारी संस्था ,नेवा मुक्ति माेर्चा ,ज्ञानाेदय बुद्व विहार ,
नेवा ल्याम:पुच र नेवा मिसा:खलको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियोे ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ , शंखधर बहुमुखी सहकारी संस्थाका अध्यक्ष रतन कुमार मलेपति ,सम्मानित ब्यक्ति ईश्वर लाल बज्राचार्य ,मनमाया श्रेष्ठ ,लगायतका बक्ताहरूले नेवारी संस्कृति जाेगाउन यतिबेला हम्मेहम्मे परेको हुदा सबै समुदाय एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
नेपाल भाषा:मंकाखलका अध्यक्ष मुकेश चन्द्र राजभण्डारीकाे अध्यक्षता भएको कार्यक्रममा ज्ञानाेदय बुद्व बिहारका अध्यक्ष लिलाम्वर बज्राचार्यकाे स्वागत र मंका :खलका सचिव सुदीप राजभण्डारीकाे संचालनमा सम्पन्न भएको थियो ।
नेपालको मौलिक संवत् नेपाल संवत् तथा शुभ–दीपावलीको अवसरमा निकालिएको र्यालीमा धिमी बाजा ,लाखे नाँच ,घाेडा नाँच ,र विभिन्न नेवारी झाकी सहित नगर परिक्रमा गरीएकाे थियो ।बागलुङ सदरमुकाममा करिब ३ बर्ष अघि देखि काठमाडौ ,भक्तपुर लगायतका ठाउँबाट नेवारी कला संस्कृति सहित आएर बसाेबाँस गर्दै आएका नेवार समुदाय काठमाडौ लगायत अमेरिका क्यानडा अस्ट्रेलिया जापान काेरिया पाेर्तुगल गएपछि भएका समुदायलाई यतिबेला कला संस्कृति धान्न हम्मेहम्मे परेको छ ।नेपाल भाषा:मंकाखल लगायतका संघसंस्थाले भाषा संस्कृति कला जाेगाउन विभिन्न कार्यक्रम तालिम गर्दै आएपनि त्यो प्रयाप्त नहुदा गार्हो परेको छ ।
| ReplyForward |









