
आफू जन्मेको आफू हुर्केको आफुले अध्ययन गरेको बिद्यार्थी लगायत सामाजिक सेवाको क्षेत्रमा काम गर्ने उदेश्यले गठन भएको मालिका पुर्ब बिद्यार्थि मंच बिधिबत स्थापना भयको १ बर्ष पूरा भएको छ ।
मन्च स्थापना भएको सस्थाले एक बर्षकाे छाेटाे समयमा मालिका माध्यमिक बिद्यालय परिसरमा सरस्वती मन्दिर निर्माणमा अगुवाइ गरेको मन्चका अध्यक्ष जीवन नाथ शर्माले बताए । मन्चकाे अनुरोधमा सरस्वती मन्दिर हाल अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्माले करिव ७ लाख खर्च गरि निर्माण गरिदिएको शर्माले बताए ।
बिद्यालयमा कार्यरत शिक्षकहरू लाई समयमै बिद्यालय गएर अध्यापन गराउन सहज बनाउने उदेश्यले २३ वटा बिद्यालयका लागि समय हेर्ने घडी ,र डायरी बितरण गरेर नयाँ कामको थालनी गरेको अध्यक्ष शर्माले बताए ।
बागलुङ नगरपालिका वडा नम्बर ५ र ६ का बिद्यालयमा अध्ययनरत बिपन्न वर्गका बिद्यार्थी लाई सहजताकालागी स्टेसनरी सामान बिधालय मै पुगेर हस्तान्तरण गरेको मालिका मा बि मा बिद्यार्थीलाई खेल्नकाे लागि चिप्लेटी प्रदान गरेको
मन्चले जनाएकाे छ ।
मन्चले संस्था बलियो मजबुत बनाउन सदस्यता अभियान लाई समेत अगाडि बढाएको अहिलेसम्म पुर्व बिद्यार्थी मन्चकाे ६४ जना आजीवन सदस्य बनिसकेको मन्चले विभिन्न कार्यक्रम गरि मन्चकाे काेषमा २ लाख भन्दा बढी रकम रहेको मन्चका महासचिवसचिव आनन्द शर्माले बताए । मन्चले समयसमयमा सामाजिक काम समेत गर्दै आएको गौशाला परिसर को झाडी सरसफाइ गरेको शर्माले बताए ।







मन्चले आगामी दिनमा शैक्षिक ,सामाजिक क्रियाकलाप गर्दै अगाडि बढ्ने मन्चलाई आर्थिक रूपमा मजबुत बनाउन आजीवन सदस्य थप्दै जाने विभिन्न संघसंस्था लगायतका सराेकारवाला संग सहकार्य गरेर जाने योजना रहेको मन्चका काेषाध्यक्ष बलराम सापकोटाले बताए ।









