बागलुङमा बजार अनुगमन: निरन्तरताको खाँचो

- अनुगमनको क्रममा उद्देश्य अनुरुप व्यापार नगरेका २ वटा पसललाई नियमानुसार गर्न निर्देशन दिइएको छ ।

-


     हिडन खबर    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित


बागलुङ बजारमा आइतबार बजार अनुगमन गरिएको छ ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका किराना तथा फलफुल पसलहरुको अनुगमन गरिएको हो ।

चाडपर्वको मौकामा बजारमा कालोबजारी तथा कृतिम मुल्यवृद्धीको नियन्त्रणका लागि किराना र फलफुल पसलहरुमा अनुगमन गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्राबिधिक सहायक सहन्ता कुमार मेहताले बताउनुभयो ।

अनुगमनको क्रममा दर्तामा फरक उद्देश राखिएको र फरक व्यावसाय गरिएका २ वटा पसलहरुलाई उद्देश्य अनुरुप विक्रिवितरण गर्न वा नाम र उद्देश्यको दर्ता परिवर्तन गर्न १५ दिने अल्टिमेटम दिइएको मेहताले जानकारी दिनुभयो ।

अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्राबिधिक सहायक सहन्ता कुमार मेहताको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा राम प्रसाद उपाध्याय,राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रतिनिधि, प्रहरी पत्रकार लगायतको सहभागी रहेको थियो ।
विभिन्न समयमा देखिएका महामारी र संकटमा व्यावसायिहरुले कृतिम अभाव र बढि मूल्य लिने गरेको देखिरहेकाले आगामि दिनहरुमा यो समस्या नदोहोरियो भन्नका लागि अनुगमन गरिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

जिम्मेवार व्यावसायी, सचेत उपभोक्ता र सक्रिय नियमक निकाय भएको खण्डमा कालोबजारी एवं कृतिम अभाव न्युनिकरण हुने निश्चित छ अन्यथा मौसमी अनुगमनले मात्र समस्या दिर्घकालिन समाधान हुन सक्ने देखिदैन