
रोट्रयाक्ट क्लव अफ बागलुङले पर्वतको जलजलाका दुई गरिव परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको छ ।
गरीविका कारण जिवनयापनमा समस्या भएका परिवारलाई सामाजिक कार्यसंगै युवाहरुको नेतृत्व बिकासमा सक्रिय क्लवले जलजला ८ नाग्लिवाङ २ दलित घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण क्लबले जनाएको छ ।
क्लवका पदाधिकारी सदस्य तथा बिभिन्न सहयोगी बाट संकलित रकमबाट जलजलाका बिष्णु बिक र धनबहादुर परिवारको परिवारलाई चामल, नुन, तेल, दाल, चिनी, मसला लगाएत २० हजार बरावरको खाद्यान्न खरिद गरि बितरण गरिएको क्लव जनाएको छ ।


उक्त सामाग्री रोट्रयाक्ट क्लव जोन १७ का जेडआरआर एवँ रोट्रयाक्ट क्लव अफ बागलुङका पूर्व अध्यक्ष ताराप्रसाद शर्मा, रोट्रयाक्ट क्लव अफ बागलुङका पूर्व अध्यक्ष एवँ रोटरी क्लव अफ बागलुङका प्रथम उपाध्यक्ष दिपेन्द्रबहादुर घिमिरे लगाएतले प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा जेडआरआर ताराप्रसाद शर्मा, रोटरी क्लव अफ बागलुङका प्रथम उपाध्यक्ष दिपेन्द्रबहादुर घिमिरे र क्लवका निवर्तमान अध्यक्ष शिवबहादुर केसीले मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम क्लवका अध्यक्ष झोकेन्द्र थापाको अध्यक्षता र कार्यक्रम संयोजक कमल रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।









