चाडपर्व नजिकिएपछि झिनियाकाे ब्यापार बढ्यो

-


     राजेशचन्द्र राजभण्डारी    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित


नेपाली हिन्दु धर्मावलम्बीले मनाउने ठूलो चाड तिहार नजिकिए संगै बागलुङ सदरमुकाममा झिनिया राेटीकाे ब्यापार ह्वात्तै बढेर गएको छ ।स्थानीय उत्पादनकाे रूपमा रहेको झिनिया राेटी बिक्रीवितरण गर्न यतिबेला ब्यवसायीलाइ भ्याइनभ्याई छ ।

नेपालीहरूकाे महान चाड तिहार पर्व नजिकिए संगै बागलुङ सदरमुकाममा झिनिया राेटीकाे ब्यापार बढेर गएको छ ।
नेवारी परम्परा र संस्कृति अनुसार बनाइने सिन्कामरी अर्थात् झिनिया राेटीकाे ब्यापार भने घट्नुकाे साटो झन बढेर गएकाे छ ।चाडपर्व नजिकै अाएपछि स्थानीय रूपमा घर घरमा बनाइने झिनिया राेटी बनाउन भ्याइनभ्याई छ ।

यसबर्ष धेरै दिन पानी परेको कारणले पनि यसपालि भने झिनिया राेटी उपभोक्ताले भने जति खरिद गर्न नपाउने भएका छन् । चामल पिसि मसिनो पिठो बनाईन्छ, पिठो लाई राम्ररी पकाएर ढिडाे उमालेर झिनिया राेटी बनाएर घाममा सुकाई तयार गरिने सिन्कामरी अर्थात झिनिया रोटीको व्यापार पछिल्लो समयमा वढेर गएपनि माैसमका कारणले यो ब्यबसाय गर्ने लाई मर्का परेको ब्यबसायी मिरा श्रेष्ठले बताए ।

करिव १२ वर्षदेखि यसको व्यापार र रोटी वनाउदै आएका ब्यवसायी ज्याेती श्रेष्ठ आफ्नो परिवारका सदस्यकाे सहयोगमा झिनिया रोटी वनाउने र विक्री गरी राम्रै आम्दानी गर्ने गरेको वताउछन ।

गण्डकी प्रदेशको ब्यापारी केन्द्र बागलुङमा झिनिया रोटी वनाउने व्यवसाय गर्दै खासै धेरै मेहनत गर्ननपर्ने तर राम्राे आम्दानी हुने भएकाले झिनिया रोटी वनाउन सिकेको र यसवाट राम्रो आम्दानी भएको ब्यवसायी ज्याेती श्रेष्ठले बताए ।

बागलुङ बजारका साना ठूलो पसलहरूमा स्थानीय रूपमा उत्पादन भएका झिनिया राेटीकाे राम्रो ब्यापार हुने गरेको ब्यापारी पुनम शर्माले बताए ।

दशै तिहारकाे लागी बागलुङमा बनेको झिनिया रोटी बागलुङमा मात्र नभई पर्वत म्याग्दी मुस्ताङ ,पर्वत बुटवल , भैरहवा , पोखरा , नारायणगढ , काठ्माण्डौ लगायतका शहरमा समेत विक्री हुने गरेको छ ।

झिनिया रोटी विक्री गरेर बागलुङका करीब ४ दर्जन घरपरिवारले दशै तिहारको अबसरमा आम्दानी गर्ने राम्रो मौका पाएका छन ।बागलुङकाे बागलुङ बजार अस्पताल राेड नारायण चाेक भगवतिटोल, लगायतका ठाउँमा झिनिया रोटी बनाउने गरिन्छ ।

व्यवसायीहरुले झिनिया रोटी बेचेर दशै तिहार लगायतका पर्वमा कम्तिमा ४० हजार देखि ३ लाख रुपैया आम्दानी गर्ने गरेको बताउँछन । अहिले व्यवसायिक प्रयोजनमा लागेका हरेकजसो घरका छतछतमा झिनिया रोटी सुकाउने गरेको देख्न सकिन्छ। बागलुङमा उत्पादन हुने झिनिया राेटीलाई उद्योगकाे रूपमा संचालन गरि यसलाई १२ महिना यहाँको उत्पादन राजधानी लगायत बिदेशमा समेत निर्यात गर्न सकेको खण्डमा यहाका उद्धमीले राम्रो आम्दानी गर्ने थियोे ।