समाचार

बजेट अभावमा कुश्माको ७८ फिट अग्लो शिव–पार्वती मूर्ति निर्माण अलपत्र

धार्मिक पर्यटनको महत्त्वाकाङ्क्षी योजना अधुरै, निर्माण सम्पन्न हुने टुङ्गो छैन पर्वत, मंसिर ६ ।पर्वतको कुश्मामा धार्मिक तथा पर्यटकीय आकर्षणको प्रमुख गन्तव्य बनाउने उद्देश्यले निर्माण सुरु गरिएको ७८ फिट अग्लो शिव–पार्वतीको संयुक्त मूर्ति बजेट अभावका कारण अलपत्र परेको छ। विश्वकै अग्लो शिव–पार्वतीको संयुक्त मूर्ति निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको महत्त्वाकाङ्क्षी आयोजना आवश्यक आर्थिक स्रोतको अभावमा प्रभावित बनेको हो। धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनलाई जोड्ने उद्देश्यले सुरु गरिएको यस परियोजनाले प्रारम्भमा स्थानीयवासी तथा पर्यटनप्रेमीमा उत्साह जगाएको थियो। मूर्ति निर्माण सम्पन्न… पुरा पढौ

प्रत्यक्ष दृष्टि सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंको बालाजुमा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका अध्यक्ष श्याम श्रेष्ठले आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको कार्ययोजना तथा बजेट प्रस्तुत गरेका थिए। त्यस्तै, लेखा समितिका सदस्य गंगा सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। साधारणसभामा प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम तथा लेखा समितिको प्रतिवेदनमाथि छलफल गरी उपस्थित सेयर सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका छन्। कार्यक्रममा सहकारी विज्ञ रामप्रसाद आचार्य, संस्थाका निवर्तमान अध्यक्ष… पुरा पढौ

गाउँघरबाट हराउँदै दाइँ गर्ने परम्परा, आधुनिक कृषि प्रविधिले फेरियो खेती प्रणाली

बागलुङ, मंसिर ५कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएपछि गाउँघरमा परम्परागत रूपमा गरिँदै आएको दाइँ गर्ने चलन हराउँदै जान थालेको छ। खेतबारी जोत्न र धान झार्न गोरुको प्रयोग गर्दै आएका किसानले अहिले गोरुको विकल्पमा ट्याक्टर, हाते ट्याक्टर तथा मिनी थ्रेसरलगायतका कृषि उपकरण प्रयोग गर्न थालेपछि पुर्खौंदेखि चल्दै आएको दाइँ गर्ने परम्परा लोप हुने अवस्थामा पुगेको हो। आधुनिक कृषि प्रविधिको प्रयोगले किसानको श्रम, समय र लागत घटाउन सहयोग पुर्‍याएको छ। तर प्रविधिको विकाससँगै गाउँघरको मौलिक कृषि संस्कृति, परम्परा र पुर्खाले अपनाउँदै आएका… पुरा पढौ

नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

घोप्टेभीरमा पहिरोको जोखिम न्यूनीकरण गर्न मंसिर ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने चितवन । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीर क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सार्वजनिक सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ । कार्यालयका अनुसार घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्दा सवारी… पुरा पढौ

बागलुङमा एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी सचेतना कार्यक्रम

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न स्वास्थ्यकर्मीलाई आग्रह बागलुङ, मंसिर ४ । एन्टिबायोटिकको सही प्रयोग गरौँ, एन्टिमाइक्रोबियल प्रतिरोध रोकथाममा सबै जिम्मेवार बनौँ भन्ने मूल नारासहित बागलुङमा एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह (World AMR Awareness Week) को अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले मंसिर ४ गते निरन्तर जनस्वास्थ्य शिक्षा (Continuing Public Health Education–CPHE) अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहबाट २० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय,… पुरा पढौ

बागलुङमा राष्ट्रिय कर सप्ताह : करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बागलुङ, मंसिर ४ । राष्ट्रिय कर सप्ताह–२०८३ को अवसरमा बागलुङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय बागलुङको आयोजना तथा बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित कार्यक्रममा जिल्लाका उद्योगी तथा व्यवसायीलाई करसम्बन्धी कानुनी व्यवस्था, कर दाखिला प्रक्रिया, कर छुट तथा पछिल्ला नीतिगत सुधारबारे जानकारी गराइएको थियो। मंसिर १ गतेदेखि सुरु भएको राष्ट्रिय कर सप्ताहअन्तर्गत आयोजित कार्यक्रममा सहजीकरण गर्दै कर अधिकृत राजन सापकोटाले सरकारले हालै ल्याएको आर्थिक विधेयक, २०८३ मार्फत करको दायरा विस्तार, नयाँ राजस्वका प्रावधान तथा… पुरा पढौ

बागलुङमा जिल्लास्तरीय पोषण कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा सम्पन्न

बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजनामा जिल्लास्तरीय पोषण कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा पोषण कार्यक्रमका फोकल पर्सनहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्लाको समग्र पोषण अवस्थासँग सम्बन्धित सूचकहरूको समीक्षा, पोषण कार्यक्रम सञ्चालनका क्रममा देखिएका संस्थागत तथा कार्यक्रमगत समस्या र चुनौतीबारे छलफल गरिएको थियो। साथै, आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गरिएको पोषण लेखाजोखा अभियानबाट प्राप्त तथ्याङ्कको विश्लेषण तथा समीक्षा गरिएको थियो। जिल्लामा कुपोषणको अवस्था… पुरा पढौ

बाली जोगाउन किसानलाई सास्ती, खुला छाडिएका घरपालुवा कुकुरबाट धानखेतीमा जोखिम

कुकुरको उचित व्यवस्थापन गर्न किसानको आग्रह, अरूको खेतबारीमा क्षति पुग्न नदिन घरधनीलाई जिम्मेवार बन्न सुझाव बागलुङ । वर्षभरि दुःख, मेहनत र पसिना बगाएर उत्पादन गरेको अन्नबाली जोगाउन किसानलाई पछिल्लो समय थप चुनौती देखिन थालेको छ। खेतबारीमा लगाएको बालीदेखि काटेर भित्र्याउने तयारीमा रहेको धानसम्म सुरक्षित राख्न किसानलाई मुस्किल हुन थालेको हो। विशेषगरी घरपालुवा कुकुर खुला रूपमा छाड्ने प्रवृत्तिले खेतबारीमा लगाइएको बाली तथा संकलनका लागि राखिएको अन्नमा क्षति पुग्ने जोखिम बढाएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्। घरमा पालिएका कुकुरलाई जथाभावी खुला… पुरा पढौ

मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

तत्कालीन दुई श्रममन्त्री, सचिव र सहसचिवसमेत अनुसन्धानको दायरामा काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियासँग सम्बन्धित ठगी तथा संगठित अपराधको आरोपमा तत्कालीन दुई जना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। त्यसैगरी तत्कालीन श्रम मन्त्रालयका सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुंगाना र रविन पौडेल तथा… पुरा पढौ

जैमिनी नगरपालिका सुकुम्बासीमुक्त पालिका घोषित

बागलुङ । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने अभियानअन्तर्गत बागलुङको जैमिनी नगरपालिकालाई सुकुम्बासीमुक्त पालिका घोषणा गरिएको छ। देशभरका पाँचवटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका पनि सुकुम्बासीमुक्त पालिका घोषित भएको हो। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि नगरपालिकाले गरेको काम र प्रयासका आधारमा उक्त घोषणा गरिएको जनाइएको छ। यो घोषणालाई वर्षौंदेखि जग्गा तथा आवासको समस्यामा रहेका परिवारको व्यवस्थापनका लागि स्थानीय सरकारले गरेको प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यद्यपि, सुकुम्बासीमुक्त घोषणा भएसँगै भूमिसम्बन्धी सबै समस्या पूर्ण रूपमा समाधान… पुरा पढौ