काठमाडौं, भदौ १२ । सरकारले गृह मन्त्रालयको सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव शर्मालाई गृह मन्त्रालयमा सरुवा गर्दै गृह सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। हालका गृह सचिव राजकुमार श्रेष्ठ अनिवार्य अवकाशमा जान केही दिन मात्र बाँकी रहेका बेला उनले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। श्रेष्ठ तीन दिनपछि अनिवार्य अवकाशमा जाने तयारीमा थिए। गृह मन्त्रालय देशको शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अध्यागमन, नागरिकता तथा स्थानीय प्रशासनसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण मन्त्रालय भएकाले…
पुरा पढौ