समाचार

मानव सेवाआश्रमका वृद्ध बुवालाई भोजन गराउँदै लायन्स क्लब अफ पोखरा समृद्धि

पोखरा, भदौ २८ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा समृद्धि ले कुशे औँसी (बुवाको मुख हेर्ने दिन) को अवसरमा मानव सेवाआश्रममा आश्रित वृद्ध बुवाहरूलाई भोजन गराएर मानवीय सेवा कार्यक्रम सम्पन्न गरेको छ। पोखरा महानगरपालिका–२५, हेम्जास्थित मानव सेवाआश्रममा आश्रित १६५ जना वृद्ध बुवाहरूलाई शुक्रबार बिहान भोजन गराइएको क्लबले जनाएको छ। कार्यक्रम उद्योग वाणिज्य संघ पोखराकी नवनिर्वाचित अध्यक्ष शोभा गौतमको प्रमुख आतिथ्यता तथा क्लबका पूर्वअध्यक्ष लायन कुश्मा राणाको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लायन… पुरा पढौ

बाढीबाट प्रभावित नुवाकोटको विदुरमा एमालेका स्वयंसेवक परिचालन

काठमाडौं भदौ २८ भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको सरसफाइ र पुनर्स्थापनामा विभिन्न संघसंस्था तथा स्वयंसेवी समूह सक्रिय बनेका छन्। यसैक्रममा नेकपा एमाले सम्पर्क विशेष संगठन कमिटीले नुवाकोटको विदुर नगरपालिका–५ देविघाट क्षेत्रमा दुई सयभन्दा बढी स्वयंसेवक परिचालन गर्दै श्रमदान कार्यक्रम सञ्चालन गरेको छ। भोटेकोशी बाढीले प्रभावित बनाएको नुवाकोटको देविघाट क्षेत्रमा अहिले सरसफाइ र पुनर्स्थापनाको काम तीव्र पारिएको छ। नेकपा एमाले सम्पर्क विशेष संगठन कमिटीको आयोजनामा सञ्चालन गरिएको श्रमदान कार्यक्रममा स्वयंसेवकहरूले घरभित्र र सार्वजनिक स्थानमा थुप्रिएको लेदो, फोहोर तथा बाढीले… पुरा पढौ

मञ्च उद्घोषणामा छुट्टै पहिचान बनाएकी शितल शर्मा सम्मानित

काठमाडौं । लामो समयदेखि उद्घोषिका तथा गायिकाका रूपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय शितल शर्मा सम्मानित भएकी छन्। ५औँ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ समारोहका अवसरमा विभिन्न मेला–महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरूमा कुशल उद्घोषणामार्फत छुट्टै पहिचान स्थापित गरेको योगदानको कदर गर्दै शर्मालाई सम्मान गरिएको हो। वर्षौंदेखि मञ्च उद्घोषणालाई आफ्नो कर्म र पहिचान बनाएकी शर्माले सांगीतिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा सफल उद्घोषिकाका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। उनको आत्मविश्वासी प्रस्तुति र प्रभावशाली उद्घोषण शैलीले दर्शक तथा आयोजकहरूको मन जित्दै आएको बताइएको… पुरा पढौ

बाँसघारीमा लुकाएर राखिएका तीन थान भरुवा बन्दुक बरामद

बागलुङ, भदौ २६ बागलुङ प्रहरीले बडिगाड गाउँपालिका–५ स्थित सामुदायिक वन क्षेत्रबाट तीन थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा बडिगाड गाउँपालिका–५ दगास्थित थानपति सामुदायिक वनको बाँसघारीभित्र बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको तीन थान भरुवा बन्दुक फेला पारेको सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । प्रहरीका अनुसार बरामद भएका बन्दुकहरू नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उक्त हतियार कसले र किन त्यहाँ राखेको… पुरा पढौ

बागलुङमा १.५ केजी गाँजा र ३८० ग्राम चरेससहितमहिला पक्राउ

बागलुङ, भदौ २६ बागलुङ प्रहरीले १ हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–३ बुर्तिबाङस्थित एक होटल तथा रेष्टुरेन्टमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले छापा मार्दा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो। पक्राउ पर्नेमा मिना होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी ढोरपाटन नगरपालिका–३ निवासी ४५ वर्षीया मिना थापा भण्डारी रहेकी छन्। प्रहरीले होटल तथा रेष्टुरेन्टमा खानतलासी गर्दा गाँजाजस्तो गन्ध… पुरा पढौ

जिल्ला शिक्षा समिति कास्कीद्वारा कलेज सञ्चालकसँग अन्तरक्रिया

पोखरा, भदौ २६ जिल्ला शिक्षा समिति कास्कीले जिल्लामा सञ्चालित निजी तथा सार्वजनिक कलेजका सञ्चालकहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गर्नुभएको थियो। उद्घाटनका क्रममा प्रमुख पौडेलले विद्यमान शिक्षा नीति तथा नियमावलीअनुसार उच्च शिक्षा प्रदायक संस्थाहरू सञ्चालन नभएको गुनासो प्राप्त भएपछि छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो।उहाँले कलेज सञ्चालकहरूले भोगिरहेका समस्या तथा चुनौतीहरूको पहिचान गर्दै समाधानमुखी ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो। प्रमुख पौडेलले विधि र नियमको… पुरा पढौ

गलकोट उद्योग वाणिज्य संघको सातौँ वार्षिकोत्सव सम्पन्न

बागलुङ, भदौ २५ । गलकोट उद्योग वाणिज्य संघ गलकोटको सातौँ वार्षिकोत्सव तथा महिला उद्यम विकास समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले स्थानीयस्तरमा उद्योग तथा व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको विकास तथा रोजगारी सिर्जनाका लागि उद्योगी–व्यवसायीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। नगरप्रमुख गैरेले महिलालाई उद्यम तथा व्यवसायमा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो। महिला उद्यमीको क्षमता विकास, सीप अभिवृद्धि तथा व्यवसाय… पुरा पढौ

कालिका भगवती गुठी समिति विघटन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बागलुङस्थित कालिका भगवती गुठी व्यवस्थापन समिति विघटन गरी नयाँ समिति गठन गर्ने गुठी संस्थानको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले भूपेन्द्र खड्काले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै गुठी संस्थानको उक्त निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो। गुठी संस्थानको निर्णयअनुसार भूपेन्द्र खड्काको अध्यक्षतामा कालिका भगवती गुठी व्यवस्थापन समिति गठन भई काम गर्दै आएको थियो। ‘देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका, २०८१’ अनुसार उक्त समिति सुरुमा ६… पुरा पढौ

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामाजिल्लास्तरीय बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

बागलुङ भदौ २५ प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा आ.व २०८२/८३ मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरिय वार्षिक समिक्षा बागलुङ सदरमुकाममा सम्पन्न गरिएको छ। बागलुङ जिल्लाका दश स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख एवम प्रतिनिधि, जिल्ला स्तरमा स्वास्थ्य सँग सरोकार राख्ने कृषि, भेटेरिनरि, खाद्य स्वच्छता, आयुर्वेद अस्पताल एवम प्रदेश स्तरिय अस्पतालको प्रस्तुतीकरण एवम समुह कार्यमाझ उक्त कार्यक्रम सम्पन्न गरिएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक श्री प्रविण शर्माको अध्यक्षता एवम जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाको प्रमुख आतिथ्यता… पुरा पढौ

तीज सांस्कृतिक महोत्सव स्थगित, बाढीपीडितलाई टेवानको १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

पोखरा, भदौ २५ । रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै पर्यटन तथा संस्कृति क्षेत्रसँग सम्बन्धित ‘तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला–२०८३’ स्थगित गरिएको छ। पोखराको लेकसाइडस्थित बाराहीघाटमा आयोजना गर्ने तयारी गरिएको उक्त महोत्सव तत्कालका लागि स्थगित गर्ने निर्णय आयोजक संस्था टेवानले गरेको जनाएको छ। यसैगरी, भदौ १४ गते आयोजना गर्ने तय गरिएको तीजको दर खाने कार्यक्रमसमेत रद्द गरिएको छ। दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम विपद् प्रभावित नागरिकको सहयोगमा खर्च गर्ने निर्णय गरिएको टेवानकी अध्यक्ष… पुरा पढौ