समाचार

बिन्दु परियारको नयाँ पञ्चेबाजा गीत ‘अब त जोडियो घरबार’ सार्वजनिक

नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका तथा सर्जक बिन्दु परियारले नयाँ पञ्चेबाजा गीत ‘अब त जोडियो घरबार’ सार्वजनिक गरेकी छन्। गीत सार्वजनिक गर्ने क्रममा उनले करिब चार वर्षको सांगीतिक यात्रामा दर्शक–श्रोता र शुभचिन्तकबाट पाएको माया, साथ र हौसलाप्रति हृदयदेखि आभार व्यक्त गरिन्। छोटो समयमै प्राप्त प्रेम र विश्वासलाई उनले आफ्नो सबैभन्दा ठूलो सफलता र अमूल्य सम्पत्ति भनेकी छन्। यस गीतमा शब्द, संगीत र अभिनय स्वयं बिन्दु परियारकै रहेको छ भने गायनमा उनलाई कुशल बेलबासेले साथ दिएका छन्। एरेन्ज… पुरा पढौ

ब्रेकिङ बाउन्ड्रीज क्रिकेट : छात्रतर्फ कालिका र छात्रातर्फ बाराहीलाई उपाधि

असार १२, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउन्डेसन र एमसीसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ‘ब्रेकिङ बाउन्ड्रीज’ छात्र–छात्रा अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका माध्यमिक विद्यालय र छात्रातर्फ बाराही माध्यमिक विद्यालयले उपाधि जितेका छन्। पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा कालिकाले जनप्रिय माध्यमिक विद्यालयलाई तथा बाराहीले कालिका माध्यमिक विद्यालयलाई पराजित गर्दै यस संस्करणको च्याम्पियन बन्न सफल भएका हुन्। प्रतियोगिताका विजेता खेलाडीहरूले ६० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टोलीले ४० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र… पुरा पढौ

नारायणी र सुनिल क्षेत्रीको दमदार नृत्यमा सजिएको ‘पिर दिया’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र गायिका शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘पिर दिया’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक कथालाई समेटिएको यो गीतको भिडियो सब्दा संगीत अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा भुवन बी.के.को शब्द, अजय आरएनको संगीत तथा मुकेश नेपालीको निर्देशन र कोरियोग्राफी रहेको छ। छायांकन बुद्ध थापाले गरेका हुन्।भिडियोमा नारायणी खत्री र सुनिल क्षेत्रीको दमदार अभिनय तथा आकर्षक नृत्यले विशेष चर्चा बटुलेको छ।दुवै कलाकारको सशक्त केमेस्ट्री र जीवन्त प्रस्तुतिले भिडियोलाई अझ प्रभावशाली… पुरा पढौ

एक्सन र प्रेमको रोचक ‘टक्कर’: असोज ९ गते ‘हन्टर’ प्रदर्शन हुने

काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘हन्टर’ आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले एक प्रभावशाली ‘फेस-अफ’ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। यस चलचित्रमार्फत सिंहले निर्देशनमा डेब्यु गर्न लागेका छन्।सार्वजनिक पोस्टरले कथावस्तुबारे रोचक संकेत दिएको छ। ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा दुई मुख्य पात्र — अरुण क्षेत्री र प्रकाश शाह — आमनेसामने देखिएका छन। शाहको आँखामा झल्किएको तीखो आक्रोश र क्षेत्रीको अनुहारमा प्रकट भएको प्रतिशोधले उनीहरूबीच… पुरा पढौ

लोकदोहोरी व्यवसायी एकताबद्ध, कास्की लोकदोहोरी व्यवसायी संघको औपचारिक गठन

पोखरा, असार ११ कास्की जिल्लामा सञ्चालनमा रहेका लोकदोहोरी तथा रोधीघर व्यवसायीहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यसहित कास्की लोकदोहोरी व्यवसायी संघ औपचारिक रूपमा गठन गरिएको छ। पोखरामा सम्पन्न व्यवसायीहरूको भेलाले होम गुरुङको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको सचिवमा तेज चालिसे, कोषाध्यक्षमा विशाल मगर तथा सदस्यहरूमा करिश्मा बराल र नौजङ गुरुङ निर्वाचित भएका छन्। नवनिर्मित संघले लोकदोहोरी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने, आपसी सहकार्य अभिवृद्धि गर्ने तथा लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको… पुरा पढौ

बुर्तिवाङमा लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रणमा

बागलुङ — इलाका प्रहरी कार्यालय बुर्तिवाङले नियमित सवारी चेकजाँचका क्रममा लागुऔषध सेवन गरी सवारी चलाएको अभियोगमा चार जना चालकलाई नियन्त्रणमा लिएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा पाँच जनाको संयुक्त प्रहरी टोलीले ढोरपाटन नगरपालिका–१ खप्तरीवाङ तथा बुर्तिवाङ बजार क्षेत्रमा बुधबार साँझ चेकजाँच गर्दा चालकहरूको ला.प.से. (लागुऔषध परीक्षण) किट प्रयोग गरिएको थियो।परीक्षणमा चार चालकले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा परेका चालकहरू पुरन घर्ती मगर, २७ वर्ष, ढोरपाटन न.पा.–४ खुङ्गा, लु१ज ३९४ पिकअप… पुरा पढौ

पोखरामा ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी’को नयाँ शाखा विस्तार

पोखरा — उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी (प्रा.) लि.ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। सन् २००८ मा स्थापना भई लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा बलियो पहिचान बनाउन सफल यस कन्सल्टेन्सीको नयाँ शाखा एक विशेष समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरिएको हो। शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, स्वतन्त्र शैक्षिक परामर्श एसोसिएसन (फेकोन) काठमाडौंका अध्यक्ष उमेश कुश्वार र फेकोन गण्डकीका अध्यक्ष सुदन… पुरा पढौ

कफी उत्पादनमा गोफी जातको महत्व बढ्दै

काठमाडौं, २४ जून — नेपालमा कफी उत्पादनमा प्रयोग हुने विभिन्न जातमध्ये गोफी जातले पछिल्लो समय विशेष महत्व हासिल गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार गोफी जातले उत्पादन क्षमता, रोग प्रतिरोधात्मक क्षमता, र स्वादमा विशिष्टता प्रदान गर्ने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका छन्। कृषि विज्ञहरूका अनुसार गोफी जातको प्रयोगले किसानहरूको आयमा वृद्धि हुनुका साथै निर्यातमा पनि सकारात्मक प्रभाव पारेको छ। हाल नेपालका विभिन्न जिल्लामा गोफी जातको खेती विस्तार भइरहेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक लाभ दिलाउने अपेक्षा गरिएको छ। अनुसन्धान प्रतिवेदनले देखाएको छ… पुरा पढौ

विद्यामन्दिर माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा श्रीजय श्रेष्ठ सर्वसम्मत

बागलुङ ।असार १० विद्यामन्दिर माध्यमिक विद्यालयको मंगलबार सम्पन्न अभिभावक भेलाले अभिभावकको तर्फबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्रीजय श्रेष्ठलाई सर्वसम्मत रूपमा चयन गरेको छ।समितिका सदस्यहरूमा लक्ष्मण, मनु थापा, कमला क्षेत्री जिसी तथा अनुज श्रेष्ठ चयन भएका छन्। विद्यालय व्यवस्थापन समितिको सदस्य–सचिवमा प्रधानाध्यापक छवि रमण रेग्मी रहेका छन् भने बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनि केसी सदस्य रहेका विद्यालयका सहायक मुकुन्द प्रसाद शर्माले जानकारी दिनुभयो। नवनिर्वाचित अध्यक्ष श्रीजय श्रेष्ठले विद्यार्थीको सिकाइ उपलब्धि, शैक्षिक नतिजा तथा विद्यालयको संस्थागत विकासका लागि सबै सरोकारवालासँग सहकार्य… पुरा पढौ

शिव हमाल, निशा के.सी. र सुशीला गौतमको भक्तिमय प्रस्तुति ‘हे प्रभु’ सार्वजनिक हुँदै

काठमाडौं । नेपाली भक्ति संगीत क्षेत्रमा नयाँ आध्यात्मिक कोसेलीका रूपमा ‘हे प्रभु : भगवानको महिमा–२’ बोलको गीत तथा म्युजिक भिडियो आगामी बिहीबार सार्वजनिक हुने भएको छ। गायिका निशा के.सी.को प्रस्तुति रहेको यस भजनमा निशा के.सी., शिव हमाल र सुशीला गौतमको सुमधुर स्वर सुन्न सकिनेछ। गीतमा शिव हमालको शब्द तथा निशा के.सी.को संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियारले गरेका छन्। श्रद्धा, भक्ति र समर्पणको भावलाई केन्द्रमा राखेर तयार पारिएको यस भजनले भगवानप्रतिको आस्था, विश्वास र सकारात्मक सन्देश प्रवाह गर्ने… पुरा पढौ