समाचार

लायन्स क्लब अफबागलुङ कालिगण्डकीले लायन वर्ष २०२५ र २६ का लागि नयाँ नेतृत्व चयन

बागलुङ चैत्र १४ लायन्स क्लब अफबागलुङ कालिगण्डकीले लायन वर्ष २०२५ र२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ। बुधबार सम्पन्न कार्यक्रममा लायन वर्ष २०२५ र २६ को अध्यक्षमा लखन थापा चयन हुने भएको छ । क्लबको प्रथम उपाध्यक्षमा सञ्जय श्रेष्ठ, द्वितीय उपाध्यक्षमा प्रकाश केसी र तृतीय ध्रुर्व खड्का सचिवमा सुवास आचार्य, कोषाध्यक्षमा सपना पन्त र सह कोषाध्यक्षमा प्रकाश कँवर चयन हुनु भएको छ । क्लवको अन्य पदका सदस्यहरु भने पछि चयन गरिने जनाइएको वर्ष २०२३ र २४ का अध्यक्ष सुवास… पुरा पढौ

लायन्स क्लव अफ बागलुङ कालिगण्डकीद्धारा वृद्ध सहायता सामाग्री हस्तान्त्रण

बागलुङ चैत्र १४ लायन्स क्लव अफ बागलुङ कालिगण्डकीले बागलुङ नगरपालिका ४ निर्यघाटमा रहेको रामानुज आश्रमलाई वृद्ध सहायता सामाग्री हस्तान्तरण गरेको छ । क्लवले आश्रमका वृद्ध वृद्धाहरुको लागि लठ्ठी, छाता, लाईट, टोपी, आटा लगाएतका खाद्यान्न सहयोग गरेको हो । आश्रममा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल रिलेशन चिफ काजिमान गुरुङले, क्लवका चार्टर प्रेसिडेन्ट तथा डिस्ट्रिक्ट को चिफ अनुप रिजाल, रिजन चियरपर्सन नारायण आचार्य लगाएतले आश्रमका प्रमुख पुरुषोत्तम आचार्यलाई हस्तान्त्रण गर्नु भएको थियो । लायन्स इन्टरनेशनल रिलेशन चिफ काजिमान गुरुङले सामाजिक सेवाको क्षेत्रमा लायन्स… पुरा पढौ

सरकार शहरीकरणकाे चुनाैती सामना गर्दै व्यवस्थापन गर्न तयार छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार शहरीकरणकाे चुनाैती सामना गर्दै त्यसकाे व्यवस्थापन गर्न तयार रहेकाे बताउनुभएकाे छ । नीति प्रतिष्ठानकाे आयाेजनामा बुधबार ललितपुरमा आयाेजित शहरी शासन र विकास सम्बन्धी कार्यक्रममा सम्बधाेन गर्नुहुँदै उहाँले सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताउनुभएकाे हाे । उहाँले अहिले शहरी विकास मन्त्रालयकाे एजेन्डा  आधारभूत सेवामा सबैको पहुँच पुर्याउनु रहेकाे बताउनुभयाे । नेपालले पनि अन्य देशहरु जस्तै तीव्र शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको छ । यद्यपी सरकार यो सबै चुनौतीहरुको… पुरा पढौ

चलचित्र ‘बिगुल’को निर्माण घोषणा

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो ।   बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले चलचित्रको कथावस्तु झल्काउने संकेत गर्छ । अहिलेसम्म एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका खड्का पछिल्लो 'बाह्र गाउँ'मा देखिएका थिए । चलचित्र ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले ‘बुलाकी’बाट सर्वाधिक चर्चामा… पुरा पढौ

दर्शकको उच्च साथ सहित पाँचौँ हप्तामा ‘लाज शरणम्’

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र पाँचौँ हप्तामा प्रवेश गरेको हो । उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि दर्शक रहेका छन् । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षले बताएको छ । “चलचित्र लाज शरणम् सफलतासहित पाँचौँ हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् तेस्रो हप्तामा प्रवेश गरेको हो । अहिले पनि चलचित्रलाई उपलब्ध… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघकाे अध्यक्षमा उमाकान्त शर्मा (बाबु )र राजन कुमार शाक्यकाे उमेदवारी दर्ता

बागलुङ उद्योग बाणिज्य संघका यही चैत १६ गते हुन गइरहेको १९ आ‌‌‌ैं अधिवेशनकाे लागि दुई जनाले आआफ्नो प्यानल सहित उमेदवारी दर्ता गराएका छन् । बागलुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्व हात पार्न वर्तमान कार्यसमितिका बरिस्ठ उपाध्यक्ष राजन कुमार शाक्य र संघका निर्वतमान बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्माले आज छुट्टाछुट्टै प्यानल सहित निर्वाचन अधिकृतकार्यालयमा उमेदवारी दर्ता गराएका हुन् । बागलुङ उद्योग बाणिज्य संघको यसपटकको निर्वाचन सर्वसम्मत बनाउने भनेर चरण चरणमा छलफल गरेपनिसहमति हुन नसकेपछि आज दुइटा प्यानल बनाएर उमेदवारी दर्ता गराउन परेको… पुरा पढौ

कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड

काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्डले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिनुभएको छ। कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिनुभएको हो। ूकबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरि छ।ू अध्यक्ष प्रचण्डले भन्नुभयो, ूसंकलन गर्ने मजदूर तथा व्यवसायीलाई दुख दिएर समस्या हल हुँदैन।ू भेटका क्रममा अध्यक्ष प्रचण्डले… पुरा पढौ

चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट

काठमाडौं । चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा अनुबन्ध भएको जानकारी दिएको छ । “हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ,” निर्माता विनोद पौडेलले भने, “अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ ।” उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए ।… पुरा पढौ

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व : चुनौति र संभावना विषयक गोष्ठी

काठमाडौ ,चैत ११ काठमाडौं, २४ मार्च - आजको दिनमा "खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व: चुनौति र संभावना" विषयक एक गोष्ठी आयोजित भएको छ। उक्त गोष्ठीमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, महिला नेतृत्वकर्ता र सरसफाइका क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूको उपस्थिती रहेको थियो। खानेपानी सरसफाइ तथा उपभोक्ता महासंघ नेपाल (फेडवासन )काे आयोजना खानेपानी मन्त्रालय खानेपानी तथा ढल ब्यवस्था विभागकाे समन्वयमा भएको कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवलेखानेपानी तथा सरसफाइकाे क्षेत्रमा महिलाको भुमिका महत्त्वपूर्ण रहे पनि अहिलेसम्म पनि प्रमुख पदमा भने… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघमा अध्यक्षकाे लागि ७ जना आकांक्षी

बागलुङ उद्योग बाणिज्य संघको आसन्न अधिवेशन ६१आ‌ैं साधारणसभा र १९ आ‌ैं अधिवेशन नजिकिदै गर्दा बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष काे बन्ने भन्ने अझैसम्म टुंगो लागेको छैन ।आजसम्म आइपुग्दा बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्षकाे लागि ७ जना आकांक्षी देखिएका छन् । बागलुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि चैत १२ गते गर्ने प्रमुख निर्वाचन अधिकृत भुमिश्वर गाैतमले सुचना जारी गरिसक्दा समेत यसपटक ककसले उमेदवारी दिने भन्ने कुनै टुंगो लागेको देखिदैन । बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षकाे लागि पुर्व बरिस्ठ उपाध्यक्ष… पुरा पढौ