
काठमाडौ भदौ ११
मगंल चाैथीका दिन हिन्दु धर्म संस्कृति अनुसार भगवान गणेशकाे रथ यात्रा भब्य रूपमा निकालियाे ।सिद्वि बिनायक श्री गणेश मन्दिर संरक्षण समिति अन्तर्गत गणेश गुठी साउनेमुल १५ ललितपुर सातदोबाटोकाे आयोजना यश क्षेत्रमा गणेश चाैथी ठूलो तामझामका साथ मनाइएको हाे ।

कुनै पनि कार्य गर्दा बिध्न बाँधा उत्पन्न नहाेस भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशकाे आराधाना र स्मरण गर्ने गरेकोमा यसपटक भने भब्य रूपमा गणेश चाैथी मनाएको गणेश गुठीका संरक्षक पुरूषाेत्तम कार्कीले बताए ।

ठूलो तामझामका नेवारी बाजागाजा धिमि बाजा बासुरी बजाउँदै नेवारी पहिरनमा हातमा पुजाकाे थाली समातेर रथकाे खत जात्रा सहित नगर परिक्रमा गरेको थियोे ।

श्री गणेशलाइ मङ्गलकारका देवताका रुपमा पुजा गर्ने चलन छ । मङ्गलबारलाई भगवान गणेशकाे दिनकाे रुपमा मान्ने चलन पनि छ । श्री गणेश भगवानकाे तिथी चतुर्थी पर्ने भएकाले आजकाे दिनलाइ मङ्गल चाैथी भनेर बिषेश पुजा र आराधाना गरेर मनाइने चलन रहेकाे छ ।
मङ्गलबार ब्रत शुरु गर्ने हरूका लागि पनि आजकाे दिनबाट थालनी गर्दा उत्तम हुने गर्दछ । गणेश भगवान शुभफल प्रदान गर्ने देवताकाे रुपमा चिनिन्छन् । आजकाे दिन श्रद्दा पुर्वक श्री गणेशकाे ब्रत बस्नाले गणेश भगवान प्रशंन्न भइ मनले चिताएकाे पुग्ने धार्मिक विश्वास रहि आएकाे छ ।
२०५३ सालमा सातादाेवाटाे सातमुलेका स्थानीयबासीकाे सहयोग र सक्रियतामा श्री सिद्वि बिनायक गणेश मन्दिर ब्यवस्थित बनाएपछि यो मन्दिरमा भक्तजनकाे आस्था बढेको छ ।यश मन्दिरमा पुजा गरे आफ्नो मनाेकांक्षा पूरा हुने जनबिश्वास बढ्दै गएको कारण मन्दिरमा भक्तजन बढ्दै गइरहेको देखिन्छ ।धर्म र संस्कृति संरक्षण गर्न स्थानीय बासि जागरूक भएपछि स्थानीय तहले समेत यसलाई सहयोग गर्दै आएको छ ।














