समाचार

बडिगाडको एउटा घरमा आगलागी : एकजना घाइते, ६ लाख ५० हजार बराबरको क्षति

बागलुङ, बडिगाड – मंसिर ७ बागलुङको बडिगाड गाउँपालिका–५, दाँगमा आइतबार बिहान भएको आगलागीमा एकजना घाइते भएका छन् भने करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। दाँग डाँडखर्कका देविराम घिमिरेको घरमा ‘अदिया’ गरी बस्दै आएका बडिगाड–७ टुनिबोट निवासी चन्दन घर्तीको दुई तले गोठमा बिहान करिब ४:३० बजे पानी तताउने क्रममा एक्कासी आगलागी भएको जनाइएको छ। आगो निभाउने क्रममा घरधनी चन्दन घर्ती घाइते भएका छन्। उनलाई उपचारका लागि गल्कोट नगर अस्पताल पठाइएको छ। आगलागीबाट ५ वटा बोका र ४… पुरा पढौ

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना श्रेष्ठ

काठमाडौं— भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना श्रेष्ठ नियुक्त भएकी छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माको सिफारिसमा डा. श्रेष्ठलाई नियुक्त गरिएको हो। उनी केन्द्रमा अस्थायी चिकित्सकका रूपमा कार्यरत रहेकी थिइन्। यसअघिका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल समाप्त भएपछि पद खाली रहेको थियो। पुरा पढौ

‘द ब्ल्यू लाइट’ पुस १० गतेदेखि प्रदर्शन, पोस्टरमा मौन पाँच पात्र

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। आज सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पाँच कलाकारलाई देखाइएको छ। खैरो रंगको कुनै घर वा होटलजस्तो देखिने पृष्ठभूमिमा महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी लाई प्रस्तुत गरिएको छ। सबै कलाकारहरूमा समान मनोभाव—निराशा र तनाव—देखिन्छ। फरक यति मात्र छ—महेश त्रिपाठीको हातमा बञ्चरो छ, भने अन्यका हात रित्तै छन्। पात्रहरू तनावग्रस्त देखिए पनि त्यसको कारणबारे पोस्टर मौन छ। त्यसैले फिल्ममा मानसिक दबाब र मौनताभित्र… पुरा पढौ

स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा अभिनेत्री नम्रता श्रेष्ठ

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको क्याफे अनुभव नेपालमै पुर्‍याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ। शनिबार आयोजित विशेष समारोहमा अभिनेत्री तथा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटी उद्घाटन गरेका हुन्। टक्सार ग्रुप अफ कम्पनीले सञ्चालनमा ल्याएको स्टारबोस कफीले आधुनिक वातावरण, विश्वस्तरीय सेवा तथा उच्च गुणस्तरका कफी र विभिन्न परिकारमार्फत नेपालमा क्याफे संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको… पुरा पढौ

आश्रमको महायज्ञमा ८ करोड ९६ लाख संकलन

बागलुङ, कार्तिक २९, २०८२ मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजित श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको सातौँ दिनसम्म ८ करोड ९६ लाख ९५ हजार रुपैयाँ संकलन भएको छ। कार्तिक २१ गतेदेखि सञ्चालनमा आएको महायज्ञको सातौँ दिन शुक्रबार मात्र १ करोड ३४ लाख ८० हजार रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिले जानकारी दिएको छ। बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणस्थल नजिकै भएको महायज्ञमा दाताहरूको उल्लेखनीय भीड लागेको छ। महायज्ञमा बिहीबार मात्र १ करोड ६२ लाख रुपैयाँ संकलन भएको थियो। महायज्ञमा बागलुङ,… पुरा पढौ

राज्य लक्ष्मी सुनचाँदी पसलद्वारा मानवसेवा आश्रम बागलुङ शाखालाई आर्थिक सहयोग

बागलुङ । बागलुङ नगरपालिका–२ स्थित राज्य लक्ष्मी सुनचाँदी पसलले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण कार्यका लागि आर्थिक सहयोग प्रदान गरेको छ। सहयोगस्वरूप रु. ५ लाख २५ हजार २ सय ७५ रूपैयाँ आश्रमलाई हस्तान्तरण गरिएको हो। पसलका सञ्चालक कविराज, जुन, सफल राज तथा सम्पूर्ण परिवारको तर्फबाट प्रदान गरिएको उक्त सहयोगले भवन निर्माण कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। मानवसेवा आश्रमले यस परोपकारी सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै समाजसेवा र परोपकारमा सबैको सहभागिता प्रेरणादायी रहेको उल्लेख गरेको छ। मानवसेवा… पुरा पढौ

एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जि.सीद्वारा ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ दान

बागलुङ ।कार्तिक २८ बागलुङ नगरपालिका–८ सिगाना निवासी तथा हाल एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जि.सी (किसान काजी) र इन्द्रा कुमारी जि.सीले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेका छन्। विदेशमा रहेर पनि जन्मभूमिप्रति समर्पित भावनासहित प्रदान गरिएको यो उदार सहयोगले आश्रमको भवन निर्माण अभियानलाई महत्वपूर्ण टेवा पुगेको आश्रम परिवारले जनाएको छ। सामाजिक उत्तरदायित्व, सेवा र मानवताप्रति गहिरो आस्था प्रकट गर्नेगरी गरिएको यो योगदानले देश–विदेशमा रहेका नेपाली समुदायका लागि प्रेरणादायी उदाहरण प्रस्तुत… पुरा पढौ

नेपाली कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गर्दै

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत एक दर्जनभन्दा बढी वामपन्थी समूहहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढाइएको छ। यसै क्रममा सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचनको प्रयोजनार्थ यही माघ ३० गतेभित्र दल दर्ता गरी प्रमाणपत्र लिनुपर्ने सूचना निर्वाचन आयोगले जारी गरेको छ। दल दर्ताका लागि आयोगमा बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएकाले यसमा स्पष्टता दिन अनुरोध गरिएको छ। पार्टी संयोजक र सह–संयोजक बाहेकका पद तथा समितिहरू आपसी सहमतिका आधारमा गठन हुनेछन्। यसका लागि गृहकार्य… पुरा पढौ

मिरमिरे’का दुई पोस्टर सार्वजनिक

दयाहाङ–प्रकाशको पहिलो सहकार्य, माघ १ गते रिलिज हुने काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’का दुईवटा पोस्टर सार्वजनिक भएका छन्। पहिलो पोस्टरमा दयाहाङ राई र बाल–कलाकार शाइसा गौचन फिचर्ड छन्। मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा उनीहरू बाउ–छोरीको रूपमा देखिएका छन्। तनावग्रस्त मुद्रामा प्रस्तुत दुवै पात्र कसैको पर्खाइ वा वियोगमा रहेको संकेत गर्छन्। पोस्टरले दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको भाव झल्काउँछ। दोस्रो पोस्टरमा प्रकाश सपूत विद्यार्थीको भेषमा र सिर्जना निङ्लेखु शिक्षिकाको भेषमा देखिएका छन्। सिर्जनाको मन्द मुस्कान र… पुरा पढौ

भक्तजनको आग्रहमा महायज्ञ अवधि एक दिन थप

भवन निर्माण र अक्षयकोष वृद्धिका लागि उत्साहजनक सहयोग बागलुङ । मानवसेवा आश्रमप्रति श्रद्धा राख्ने भक्तजन तथा अभिभावकहरूको आग्रहअनुसार बागलुङको निरयघाटमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ शनिबारसम्म सञ्चालन हुने भएको छ। बुधबार मात्र महायज्ञमा १ करोड ५४ लाख ३४ हजार १ सय १४ रुपैयाँ संकलन भएको आश्रमले जनाएको छ। कथा वाचन कार्यक्रम कार्तिक २८ गते सकिने तय भए पनि मूल आयोजक समितिसँगको सल्लाहपछि अन्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू कार्तिक २९ गते शनिबारसम्म निरन्तर हुने मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले… पुरा पढौ