विशाल क्षेत्रीको ‘आमा तिम्रो दुःख’ सार्वजनिक

-


     हिडन खबर    
     श्रावण २५ गते २०८३ मा प्रकाशित


जापानमा रहेर नेपाली लोकसंगीतको सिर्जना तथा प्रवर्द्धनमा सक्रिय गायक तथा सर्जक विशाल क्षेत्रीको नयाँ तीज गीत ‘आमा तिम्रो दुःख’ दर्शक–श्रोतामाझ चर्चामा आएको छ।

करिब दुई दशकअघिका नेपाली आमाहरूले भोगेका दुःख, संघर्ष, अभाव र त्यागलाई केन्द्रमा राखेर तयार गरिएको गीतले तीजको मौलिक भावनालाई उजागर गरेको छ। गीतले आमाको ममता, समर्पण र जीवनभरको संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। सार्वजनिक भएयता गीतका अंश सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन्।

गीतमा विशाल क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने अञ्जिता विश्वकर्माले स्वर दिएकी छन्। याम थापा मगरको संगीत संयोजन रहेको गीतको कथा तथा निर्देशन दुर्गा पौडेलले गरेका हुन्।

म्युजिक भिडियोमा रन्जिता गुरुङ, रश्मि भट्ट तथा बालकलाकार सृष्टि खड्कीको अभिनय देख्न सकिन्छ। भिडियोमार्फत आमाले परिवार र सन्तानका लागि गरेको त्याग, माया र संघर्षलाई जीवन्त रूपमा चित्रण गरिएको छ।

पछिल्ला वर्षहरूमा तीज गीतहरू नृत्य र मनोरञ्जनमुखी बन्दै गइरहेका बेला ‘आमा तिम्रो दुःख’ले भने सामाजिक यथार्थ र आमाको जीवन भोगाइलाई केन्द्रमा राखेर फरक सन्देश दिन खोजेको छ। गीतले नेपाली समाजमा आमाहरूको योगदान र त्यागलाई स्मरण गराउँदै तीज पर्वको मौलिक भावनालाई थप सशक्त बनाएको छ।