समाचार

जैमिनीमा पीकअप जीप दुर्घटना मृत्युु हुने ५ जनाको पहिचान खुल्यो

बागलुङ कार्तिक २६ बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान पीकअप जीप दुर्घटनामा मृत्यु हुनेहरूकाे पहिचान खुलेको छ । ग २ च ९२४७ नम्बरको पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियोे ।जिप चालक जिल्ला बागलुङ जैमिनी न.पा.०८ केवई बस्ने बर्ष अं. ३८ को महेन्द्र पुन ८ बस्ने बर्ष अं. २० बर्षकी रश्मी श्रीष वडा नम्बर ८ कै बर्ष अं. ५० की नन्दकली पुन बर्ष १७ को निरज श्रीष बर्ष अं.७५ को कुल प्रसाद श्रीष रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना… पुरा पढौ

जैमिनीमा पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १ जना घाइते

बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान पीकअप जीप दुर्घटना भएको छ । ग २ च ९२४७ नम्बरको पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र १ जना घाइते भएको घट्ना स्थलमा पुगेका वडा न. ७ का वडा सदस्य भुपेन्द्र रानाले बताए । जैमिनी नगरपालिका–८ छिस्तीदेखि बागलुङ तर्फ आउँदै गरेको पीकअप जीप छिस्ती र जैदीको सिमा ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरी टोली घट्नास्थल तर्फ जाँदै गरेको बताइएको छ । घट्नाको थप विवरण आउन बाँकी… पुरा पढौ

श्रीमुक्तिनारायण मंन्दिरमा भगवानलाई ८४ व्यञ्जन भाेग

बागलुङ ।श्रीरंगवेंकटेश मुक्तिनारायण मन्दिर संचालक समितिको साधारणसभा एवम् भगवान को अन्नकूट उत्सव एवं गोवर्धन पिठ श्रीगोदारंगमन्नार भगवान वृन्दावन को विशेष अन्नकूट प्रसाद ग्रहण कार्यक्रम राखेको छ । श्रीशालग्राम क्षेत्र कुडुले फेदी बागलुङमा कार्तिक २८ गते ३ बजे कार्यक्रम राखिएको शालग्राम संग्राहलयका प्रमुख ऋषि स्वामी प्रपन्नाचार्यले बताए । कुँडुले फेदी श्रीमुक्तिनारायण मंन्दिरमा भव्य रूपमा भगवानलाई ८४ व्यञ्जन भाेग लगाउनेअन्नकुट कार्यक्रम रहेकाेले सम्पूर्ण भक्तजनहरूलाइ आमन्त्रण गरेको प्रमुख प्रपन्नाचार्यले बताए । पुरा पढौ

रवि लामिछाने लाई १३ दिन म्याद थप

२५ कात्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई थप १३ दिन हिरासतमा  रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हाे  । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ । अनुसन्धान नसिद्विएकाे भन्दै लामिछाने लाई अदालत पटकपटक म्याद थप गर्दै आएको छ । पुरा पढौ

थाहा आन्दोलनका अगुवा रूपचन्द्र बिष्टको शालिकमामाल्यार्पण

कार्तिक २४ मकवानपुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता एवं थाहा दर्शनका प्रणेता तथा थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टको सम्मानमा मकवानपुरको थाहा नगरपालिकामा निर्मित शालिकमा माल्यार्पण गर्नुभएको छ। बिष्टले अघि सारेको थाहा दर्शन एवं आन्दोलनको सम्मानमा मकवानपुरमा नगरपालिकाको नाम नै थाहा राखिएको छ।आज एक कार्यक्रम बिच अध्यक्ष दाहालले शालिकमा माल्यार्पण गर्नुभएको हाे । पुरा पढौ

युवा संगठनकाे सम्मेलन लाई सम्बाेधन गर्न माआ‌ेवादी अध्यक्ष मकवानपुर

मकवानपुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुर पुग्नु भएको छ । मकवानपुरको चित्लाङमा पुग्नु भएका अध्यक्ष दाहाललाई स्थानीयबासीले स्वागत गरेका थिए । अध्यक्ष प्रचण्डले आज मकवानपुरको थाहा नगरपालिकामा युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । पुरा पढौ

बागलुङमा पिकअप जिप दुर्घटना हुदा चालकको मृत्यु

बागलुङ / बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका ३ टारीबान्द्रे भिर स्थित सडक खण्डमा बुर्तिबाङ देखि घाेसा जादै गरेको पिकअप जिप दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । लु १ च ६९३८ नम्बरको पिकअप जिप दुर्घटना भइ सडक देखि ५०० मिटर तल वडिगाड खाेलामा खस्दा सवारी चालक ३६ बर्षिय किसान विककाे घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टाेली घटनास्थल तर्फ उद्वारकाे लागि पुगेको जिप खाेलाकाे बिच भागमा रहेको प्रहरीले जनाएको छ ।जिपमा अन्य यात्रुहरू भने नरहेको थाहा… पुरा पढौ

बागलुङको बडिगाडमा श्रीमान श्रीमती आफ्नै घरमा मृत फेला

बागलुङ । बागलुङको बडिगाड गाउँ पालिकामा श्रीमान श्रीमती मृत फेला परेका छन् । बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उहाँकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको । बिहीबारसँगै खाना खाएर सुतेका श्रीमान श्रीमती शुक्रबार मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बागलुङ केशव थापाले जानकारी दिनुभयो । गाउँलेले मृत भेटिएको दम्पतीको जानकारी प्रहरीलाई गराएको थियो । दम्पतीको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि पठाइएको छ । मृत्युको कारण खुल्न… पुरा पढौ

नेपाली फिल्म अग्नीदहन काे ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा नाँच्दै गरेकी एक महिला अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको अनेक मानसिक यातनालाई समेटिएको छ ।  समाजसेवीको भुमिका निभाएका पुरुष प्रकास घिमिरेले ‘बोक्सी अन्धविश्वास हो’ भनिरहँदा समाजले धामीझाक्री लगाउन भन्दै उनलाई दिइएको अनेक यातनलाई ट्रेलरमा स्थान दिइएको… पुरा पढौ

छठ पर्वको अवसरमा माआ‌ेवादी केन्द्रका अध्यक्ष दाहालको शुभकामना

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना ब्यक्त गरेका हुन्। मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको मानिन्छ भनेर अध्यक्ष दाहालले भनेका छन्… पुरा पढौ