
वैशाख ८, २०८२, संखुवासभा — मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेलले नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ।
पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोख्रेललाई पार्टीमा स्वागत गर्नुभएको हो।
पूर्व अध्यक्ष पोख्रेलको आगमनले संखुवासभा क्षेत्रमा माओवादी केन्द्र थप सशक्त हुने अपेक्षा गरिएको छ। स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति रहेको थियो।











