समाचार

‘भोजनलिपि स्वाद’ चौथो संस्करण असार १५ गते राजधानीमा हुने

काठमाडौँ — नेपाली रैथाने खानाको संरक्षण, पुनरुत्थान र प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘भोजनलिपि स्वाद’ कार्यक्रमको चौथो संस्करण यही असार १५ गते काठमाडौँमा हुने भएको छ। कार्यक्रमबारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले नेपाली मौलिक खानाको विविधता, पोषणयुक्त तत्व र सांस्कृतिक महत्त्वबारे प्रकाश पारेका थिए। कार्यक्रमको संयोजन नेपाली खाना प्रवर्द्धन अभियान र सिलौटो कटेजले संयुक्त रूपमा गरेका हुन्। यस पटकको संस्करण राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजना गरिँदैछ, जसले नेपाली कृषि, खानपान संस्कृति र स्थानीय उत्पादनको सम्बन्धलाई पनि… पुरा पढौ

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा, महिलालाई स्वरोजगारमुखी तालिम

बागलुङ, असार —२ महिला दिदीबहिनीहरूलाई स्वरोजगार बन्ने अवसर प्रदान गर्ने उद्देश्यले बागलुङ सदरमुकाममा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ। तालिममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै सिकेका सीपहरू दैनिक जीवनमा उपयोग गर्न सक्ने बनाउने लक्ष्य सेन्टरको रहेको छ। सीप सिकेर घरमै बस्नु भन्दा आफूले सिकेको सीप ब्यवहारमा लागू गर्नु पर्ने महिला दिदीबहिनीहरू आफ्नो खुट्टामा उभिनु पर्ने महिला उद्यमी चन्द्रकला लामाले बताए । कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त श्रेष्ठले गर्दै महिला दिदीबहिनीहरूलाइ स्वराेजगार बनाउन बागलुङमा संचालित ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टरले राम्रो… पुरा पढौ

चलचित्र ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश

काठमाडौं ।चलचित्र ‘मिरमिरे’ मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । यसअघि अभिनेता दयाहाङ राई र गायक/अभिनेता प्रकाश सपूत अनुबन्धित भइसकेपछि सिर्जनाको प्रवेश भएको हो । सिर्जनाले यसअघि ‘कार्साङ’ चलचित्रमा मुख्य भूमिका निभाएकी थिइन्, जहाँ उनको अभिनयको तारिफ भएको थियो । पहिलो चलचित्रमै दयाहाङ राईसँग सहकार्य गरेकी उनी दोस्रो चलचित्र ‘मिरमिरे’ मा पनि दयाहाङसँगै देखिने भएकी हुन् । चलचित्रमा अनुबन्धित भएपछि अभिनेत्री निङले भनिन्, “‘मिरमिरे’ मा महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित हुन पाउँदा म अत्यन्तै खुसी छु । यो विश्वासका लागि… पुरा पढौ

रिना केसी र युवराज चौलागाईंको ‘चिया पत्ति र चिनी’ सार्वजनिक, भिडियोले दर्शकको मन जित्दै

गायिका रिना केसी र गायक युवराज चौलागाईंको ‘विवाह’ भनेर भाइरल भएको तस्बिरको वास्तविकता खुलेको छ। उक्त तस्बिर उनीहरूको नयाँ लोकदोहोरी गीत ‘चिया पत्ति र चिनी’ को भिडियोको एक दृश्य रहेको पुष्टि भएको छ। गीत ‘चिया पत्ति र चिनी’ अहिले इन्द्रेणीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ, जसले छोटो समयमा नै उल्लेखनीय दर्शकको ध्यान तानेको छ। प्रेम, विछोड र मायाको मिठास समेटिएको गीतमा युवराज चौलागाईंको शब्द-संगीत र रिना केसीको आवाज सुन्न सकिन्छ। 🎬 भिडियोका दृश्य र संवाद भिडियोको प्रारम्भमै चिया पसलमा… पुरा पढौ

‘जनै हराएको मान्छे’ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न सुरु गर्‍यो

काठमाडौं ।चलचित्र *‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’*ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न सुरु गरेको छ। केही दिनअघि मुख्य कलाकार विजय बरालको लुक्स सार्वजनिक गरिएकोमा आज भोलाराज सापकोटा र आरुस भुसालको लुक्स सार्वजनिक गरिएको हो। भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा, झुस्स दाह्री सहित केही तनावग्रस्त मुद्रामा देखिएका छन्। उनका छोराको भूमिकामा रहेका आरुस भुसाल कपाल मुन्डन, रातो लुगा र पसिनाले भिजेको अवस्थामा झोला बोकेका छन्। उक्त दृश्यले उनी संस्कृत शिक्षा लिएको संकेत गर्छ, जसलाई पृष्ठभूमिका मन्दिरहरूले पुष्टि गर्छन्। आरुसले… पुरा पढौ

राजधानी जोड्ने धार्के–सीतापाइला सडक वैकल्पिक मार्गको रूपमा अगाडि

काठमाडौं, जेठ ३१ –देशको राजधानी काठमाडौँ भित्रिने तथा बाहिरिने सवारी साधनहरूले दैनिक घण्टौँको ट्राफिक जामको सास्ती खेपिरहँदा, वैकल्पिक मार्गको रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्ड अब प्रयोगमा आउन थालेको छ। कलंकी–नागढुङ्गा–नौबिसे सडकखण्ड लामो समयदेखि उपत्यकाभित्र आवतजावत गर्ने मुख्य नाका भए पनि ट्राफिक चापका कारण यात्रुहरू अत्यधिक समस्यामा पर्ने गरेका छन्। सोही समस्यालाई मध्यनजर गर्दै निर्माण गरिएको धार्के–सीतापाइला सडकखण्डको काठमाडौंतर्फको भागमा कालोपत्रे कार्य सम्पन्न भएको छ। काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो, “कालोपत्रे कार्य सम्पन्न भएसँगै राजधानी प्रवेश वा… पुरा पढौ

कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताका विजयीलाई पुरस्कार, महायज्ञको समापन आज

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज औपचारिक रूपमा समापन हुँदैछ। महायज्ञका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोमको विधिवत् समापन कार्यक्रम भोलि सम्पन्न हुनेछ। आज कोटिहोममा महाआरती सम्पन्न भयो, जहाँ भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी आजदेखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण थालिएको छ, जसका लागि भक्तजनको भीड लागेको थियो। साथै, हवन कुण्डमा राखिएका इट्टा रु १०० तिरेर घर लैजान मिल्ने व्यवस्था गरिएको छ। जलसहितका कलशहरू पनि वितरण भइरहेका छन्। यसै अवसरमा… पुरा पढौ

बागलुङको ढोरपाटनमा जीप दुर्घटना : दुईको मृत्यु, १२ घाइते

बागलुङ —बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित बतासेडाँडामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। शुक्रबार साँझ करिब ५ः२५ बजे लु.प्र.०१–००१ च १७७५ नम्बरको पिकअप जिप बुर्तिबाङबाट सही खोलातर्फ जाँदै गर्दा सडकबाट करिब ५०–६० मिटर तल खसेको हो। दुर्घटनामा जिपका चालकसहित १४ जना सवार थिए। घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको र अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बसन्त पाण्डेले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर, नौको मध्यम र एकको… पुरा पढौ

परराष्ट्रमन्त्री राणा : कूटनीतिक ‘इन्गेजमेन्ट’ बढाएका छौं, सकारात्मक परिणाम देखिन थाल्छ

काठमाडौं —परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल विश्व समुदायसँगको कूटनीतिक संलग्नता (इन्गेजमेन्ट) उल्लेखनीय रूपमा बढाएको बताउँदै त्यसको सकारात्मक परिणाम क्रमशः देखिन थालेको दाबी गर्नुभएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको शुक्रबार बसेको बैठकमा बोल्दै मन्त्री राणाले आफ्नो नियुक्तिपछि परराष्ट्र मन्त्रालयले नेपालका मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कूटनीतिक सक्रियता अभिवृद्धि गरिएको बताउनुभयो। “कूटनीति भनेको प्रक्रिया हो, तुरुन्तै नतिजा देखिन्छ भन्ने होइन,” मन्त्री राणाले भन्नुभयो, “तर हामीले बहुपक्षीय, द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको सहभागिता र उपस्थिति विस्तार… पुरा पढौ

जन्मदिनको अवसरमा क्यान्सर पीडित नेपालीलाई सहयोग

तनहुँ — सामाजिक अभियन्ता रिता परियारले आफ्नो जन्मदिनको अवसर पारेर क्यान्सर पीडित एक नेपालीलाई आर्थिक सहयोग गरेकी छन्। गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–२ की स्थायी बासिन्दा परियारले तनहुँको म्याग्दे गाउँपालिका–५, थाङ्दीका यमबहादुर नेपालीलाई सहयोग गरेकी हुन्। जिब्रोको क्यान्सरबाट पीडित यमबहादुर विगत एक वर्षदेखि उपचारको अभावमा संघर्षरत छन्। आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकिरहेका यमबहादुरका लागि विभिन्न माध्यमबाट सहयोग संकलनको अभियान चलाइएको छ।विगत केही वर्षदेखि नर्वेमा बसोबास गर्दै आएकी परियारले क्यान्सर, मृगौला लगायत गम्भीर रोगबाट पीडित तथा विपन्न परिवारहरूलाई निरन्तर… पुरा पढौ