
काठमाडौं, १२ फागुन — नेकपा (एमाले) निकट मुक्ति समाज दोलखाका नेताहरू तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। प्रवेश कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष समारोहमा सम्पन्न भएको हो।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशीहरूलाई स्वागत गर्दै देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिष्टहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेताकार्यकर्ताहरूमा खड्गबहादुर गजमेर, सितारमा विक, खड्कबहादुर खाति, हलबहादुर खाति, राजन खाति, गीता खाति, अजित रिजाल, रामजी खाति, रमेश खाति, पदम सेन्चुरी, भुवन खाति, शकुन्तला खाति, दिपबहादुर खाति, चन्द्र गजमेर, गणेश रिजाल, रजनी खाति, राहुल लामिछाने, रोहित कार्की, अरुण सुवेदी, सुरज मोत्तान, रञ्जिता खाति, शरण रसाली, राजु रिजाल, देवी रिजाल लगायत रहेका छन्।













