समाचार

बागलुङ उद्योग बाणिज्य संघको अधिवेशन असारमा

बागलुङ उद्योग बाणिज्य संघको १८ आ‌‌ै अधिवेशन असार ४ गते सम्पन्न गर्ने निर्णय संगै नयाँ नेतृत्वको लागि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ । निर्वाचन अधिकृत एवम् बागलुङ उद्योग बाणिज्य संघका कानुनी सल्लाहकार भुमिस्वर गाैतमले असार ४ गते हुने अधिवेशनकाे लागि जेठ २७ गते देखि शुरू भएको निर्वाचन कार्यक्रम अन्तर्गत जेठ २८ गते मतदाता नामवली प्रकाशन विहान १० बजे ,मतदाता नामावली उपर दाबी बिराेध १० बजे देखि १ बजेसम्म गर्न पाउने भएका छन् । मतदाताको अन्तिम नामावली २८ गते ४… पुरा पढौ

भित्रभित्रै बाम गठबन्धनको प्रयास !

स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन् । खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्। विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए। अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका… पुरा पढौ

६८ वर्ष पुगेका नेताहरू काम गर्न छोडेर भत्ता खाएर बस्न विमला राई पाैड्यालकाे सुझाव

काठमाण्डाै – सरकारले बजेट भाषण मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको लागि २ बर्ष उमेर घटाएपछि यतिबेला सकारात्मक नकारात्मक दुबै खालको प्रतिक्रिया आइरहेको छ ।संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा मङ्गलवारदेखि आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल प्रारम्भ भएको छ । बजेट माथि आफ्नो धारणा राख्ने सांसदहरूले यतिबेला आफ्नो तर्क पेश गरिरहेका छन् ।६८ बर्ष उमेरको कुरा गरेर भत्ता बाड्ने सरकारका प्रमुख नै यो उमेर हद पार गरिसकेका ब्यक्ति भएको भन्दै भत्ता खाएर बस्न व्यग्य गरेका छन् । राष्ट्रिय सभा सदस्य डा.… पुरा पढौ

बानपा ७ मा ६ दिन बिद्यालय संचालन हुने

बागलुङ ।सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शैक्षिक क्षेत्र प्रभावित हुने भन्दै अभिभावकले चिन्ता लिइएको बेला बागलुङ नगरपालिका वडा नम्बर ७ मा आइतबार शैक्षिक संस्था नियमितरूपमा संचालन गर्ने निर्णय गरेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आए लगत्तै बैशाख १२ गते बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मेघनाथ गैरेले शनिबार र आइतबार दुई दिन बिदा दिदाबिद्यालयकाे पठनपाठनमा असर पर्ने देखिएकोले आइतबार बिहान १० बजेदेखि ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखिदिउँसो १ बजेसम्म… पुरा पढौ

तारा एयरको विमान दुर्घटना: १४ जनाको शव भेटियो

दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ । अनलाइनखबरबाट पुरा पढौ

नेपाल बैंक लिमिटेडकाे सुबिधासम्पन्न भवनकाे उद्घाटन
नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ स्वागत

नयाँ भवनबाट ग्राहकलाई अत्याधुनिक सेवा शुरू बागलुङ ।नेपाल कै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बागलुङ शाखाकाे नवनिर्मित भवनको उद्घाटन तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ सम्मान तथा बधाई ज्ञापन गरियो ।२०१७ साल माघ ४ गतेदेखि नागरिक लाई बित्तिय सेवा दिदै आएको शाखाकाे आफनै सुविधा सम्पन्न भवन सम्पन्न भएपछिबागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्तरूपमा उद्घाटन गर्दै पुरानो भवनबाट झण्डै ६ दशक सेवा दिएको बैकले आफ्नै सुविधासम्पन्न भवनबाट काराेवार शुरू गरेको बताउनुभयाे ।… पुरा पढौ

सम्पर्क बिहिन जहाज क्षतविक्षत अवस्थामा भेटियो

आइतबार देखि सम्पर्क बिहिन जहाज क्षतविक्षत अवस्थामा भेटिएको छ । आइतबार बिहान ९:५५ बजे पोखराबाट मुस्ताङका लागि चालक दल सहित २२ जना यात्रु लिएर उडेको जहाज उडेको केहि मिनेटमै सम्पर्क बिहिन भएको थियो । १९ यात्रु र ३ जना चालक दलका यात्रु सवार जहाज२२ घण्टापछि क्षतविक्षत अवस्थामा भेटिएको छ ।सम्पर्क बिहिन तारा एयरको 9N-ATA जहाज क्षतविक्षत अवस्थामा मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका-२ काेबांङ स्थित मानापाथि हिमालकाे फेदमा क्षतविक्षत अवस्थामा भेटिएको छ । सम्पर्क बिहिन जहाज प्रतिकुल मौसमका कारण २२ घण्टादेखि हवाईमार्ग… पुरा पढौ

१५ औं गणतन्त्र दिवसको अवसरमा बडिगाडमा दिप प्रज्वलन

फोटो सौजन्य: कमल शर्मा(वडिगाड गाउँपालिका कर्मचारी) १५ औं गणतन्त्र दिवसको अवसरमा वडिगाड गाउँपालिकामा पनि मनाएको छ ।गाउँपालिकाको कार्यालय परिसरमा दिप प्रज्वलन गरि मनाइएको हो । नेपालीको नक्सा भित्र १५ औं गणतन्त्र दिवसको आकारमा दिप प्रज्वलन गरि मनाइएको हो ।गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी लगायत जनप्रतिनिधि र कर्मचारीको सहभागीमा सामुहिक दिप प्रज्वलन गरि मनाइएको अध्यक्ष अधिकारीले बताउनुभयो । देशमा गणतन्त्र स्थापना भएको १५ बर्ष पगेको छ । जनताबाट निर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ… पुरा पढौ

१५ औं गणतन्त्र दिवस: बागलुङमा सडक सरसफाइ गरि मनाइयो

आज जेठ १५ गते अर्थात देशमा गणतन्त्र स्थापना भएको १५ बर्ष पगेको छ । अधिकार र सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस ।जनताबाट निर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा बागलुङमा पनि मनाएको छ ।बागलुङ नगरपालिकाको… पुरा पढौ

“भाइ ठिक छु भनेर खबर गर्देन भाइ प्लिज”

बिहानैबाट तारा एयरको जहाज बेपत्ता भएपछि कोपाईलट उत्सब पोखरेलको दाईले लेखेको फेसबुक स्टाटसले सबैको मन छोएको छ। मदनकुमार गौतमले आफ्नो फेसबुक मार्फत कोपाइलट उत्सव पोखरेललाई ट्याग गर्दै लेखेको स्टाटसले सबै नेपालीलाई निकै भावुक बनाएको छ ।गौतम लेख्छन :"भाइ त फर्केर आइजन ठिक छु भनेर खबर गर्देन भाइ प्लिज तैले उडाएको जहाज ठिक छ भन्देन प्लिज मेरो भाइ" पुरा पढौ