पुजा समिति द्वारा पशुपतिमा नवरात्री महोत्सव

-


     हिडन खबर    
     असाेज २८ गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी
काठमाडौ नेपाली हिन्दुहरूकाे महान चाड बिजया दशमी शुभारम्भ भए संगै गत बर्ष झै यो बर्ष पनि असोज  २८ गते देखि कात्तिक ७ गते सम्म श्री मा भवानी दुर्गा पुजा समिति द्वारा नवरात्री महोत्सव सुरु गरेको छ ।  

हिन्दुहरुको महान चाड बडादशैको अवसर पारेर श्री मा भवानी दुर्गा पुजा समितीद्वारा काठमाडौ पशुपतिनाथ मन्दिर प्राङगणको हम्समण्डपमा नवरात्र अर्थात नव दुर्गा भवानिको पुजाको कलस यात्रा गरि महोत्सव को सुभाराम्भ गरिएको छ  ।

१६ बर्ष देखि धर्म संस्कृतिकाे संरक्षण गर्ने हेतुले पशुपति नाथ मन्दिरमा नव दुर्गाकाे अवसरमा पुजा अर्चना गर्दै आएको श्री मा दुर्गा भवानी पुजा समितिले जनाएको छ ।

१६ बर्ष देखि सहजरूपमा पशुपतिनाथ मन्दिरमा भक्तजनहरूले पुजा गर्दै आएको यसमा कुनै बाधा ब्यवधान नभएको पुजा समितिका सल्लाहकार उमेश सिंहले बताए ।

बिगत १५ बर्ष देखि प्रत्येक बर्ष को नवरात्र सुरु भएको दिन देखि नवरात्रको अन्तिम दिन बिजय दशमि टिका को दिन मा समापन हुने गर्दछ ।।।

नव दुर्गा भवानिले सबैको प्रगती उन्नति र स्वस्थ जिवनको कामना गरून् भनी आफ्नो धर्म संस्कृत को जगेर्ना गर्ने उदेश्य ले पनि यो कार्यक्रम गरिदै आएको छ सुख शान्ति समृद्धि को कामना गरिदै यो पुजा गरिएको हो  ।

बिश्व भरिबाट तिर्थयातृको रुपना भगवान पशुपतिनाथ को दर्शन गर्न आउने भएकाले सबैको भलो को कामना सहित यो कार्यक्रम आयोजना गरिएको छ । आज बडादशैको पहिलो दिन पनि रहेको छ । हर्सौलासको साथ मा बडा दसै मनाइदै छ ।।

पशुपतिको हम्स मण्डप देखि गौरीघाट बागमती किनार सम्म कलस यात्रा गरि पुजा अर्चनाको साथ सुभारमभ भएको थियो ।