धौलागिरी समाजको साधारणसभा सम्पन्न

-


     हिडन खबर    
     असाेज २७ गते २०८० मा प्रकाशित


काठमाडौ ,धौलागिरी समाज नेपालको साधारणसभा तथा सम्मान कार्यक्रम र श्रीकृष्णगण्डकी संस्कृति र शालग्रामी संस्कृति बिषयक प्रस्तुति सहितको कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो शत्रमा साधारण सभा र दोश्रो शत्रमा संक्षिप्त शुभकामना मन्तब्य सहित सांस्कृतिक कार्यक्रमका साथ समापन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अथिति पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठ विशिष्ट अथिति यस संस्थाका संस्थापक अध्यक्ष मुकुन्द शर्मा पौडेल रहनु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य संस्थाका संस्थापक महासचिब एवम कालीगण्डकी बचाउँ महा अभियानका संयोजक श्री गोबिन्द शर्मा पौडेलले मनतब्य संस्थाका महासचिब रामचन्द्र पौडेलले संस्थाको बार्षिक प्रतिबेदन पेश गरेका थिए ।

पहिलो शत्रको कार्यक्रमको समापन पश्चात धौलागिरी सांस्कृतिक समितिका अध्यक्ष श्री कृष्ण समीप सुवेदी लगायतका कलाकारहरूको सांगितिक प्रस्तुतीमा सहभागीहरूको नाँचगान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा शालग्रामको बिश्वब्यापी महत्व र यसको व्यापक प्रचार प्रसार गरि समग्र धौलागिरी क्षेत्रमा ठूलो संख्यामा धार्मिक पर्यटक आकर्षण गर्न चाल्नै पर्ने कदमहरूको बारेमा कार्यपत्र प्रस्तोता डा. कुलराज चालिसे ले महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष श्री एक नारायण उपाध्यायले गरेकाे कार्यक्रममा विशिष्ट संरक्षक, संरक्षक र ट्रष्टी सदस्य ज्यूहरूलाई सम्मान गरिएको थियो ।

धौलागिरी समाज नेपालका आगामी दिनका योजनाहरूको बारेमा संक्षिप्त चर्चा गर्दै धौलागिरी समाज नेपालका अध्यक्ष श्री केदारनाथ गौतमले कार्यक्रमको समापन गरेका थिए।