६८ आ‌ै प्रहरी दिवसमा रक्तदान बिरामीलाई सहज

-


     हिडन खबर    
     असाेज २६ गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी
बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले धाैलागिरि अस्पताल बागलुङका बिरामीलाई आवश्यक पर्ने रगत अभावलाइ
मध्यनजर गरेर ६८ आ‌ै नेपाल प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेर रक्तदान गरेका छन् ।

६८ औँ नेपाल प्रहरी दिवसका अवसरमा शुक्रबार वीरेन्द्र ऐश्वर्य पार्क परिसरमा प्रहरीहरूद्वारा रक्तदान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले बताए ।

समयसमयमा हुने रक्तदान कार्यक्रम मार्फत संकलन भएको रगत धाैलागिरि अस्पताल बागलुङमा डाइलासिस गरिरहेका बिरामी र अप्रेसन गर्नुपर्ने बिरामीलाई प्रयोग भइरहेको रक्तसञ्चार केन्द्रका टेक्निसियन गुरु शर्माले बताए ।

रक्तसंचार केन्द्रका अनुसार ४५ जना प्रहरीले रक्तदान गरेका थिए ।जसमध्ये प्रहरी उपरीक्षक (एसपी ),प्रहरी नायव उपरीक्षक (डिएसपी) सहित तीनजना सिनियर प्रहरी अधिकृतहरू लगायतकाले रक्तदान गरेका थिए ।

प्रहरी दिवसका अवसरमा प्रत्येक वर्ष नेपाल प्रहरीले गर्ने विभिन्न सामाजिक क्रियाकलाप अन्तर्गत बर्सेनि रक्तदान कार्यक्रममार्फत रक्तदान गर्दै आएको छ ।