बागलुङ दिनहुँ जसो हुने सवारी दुर्घटनाबाट सवारी चालकको मृत्यु तथा शरीर अंगभंग हुने गरेको घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ट्राफिक जनचेतना अन्तर्गत सवारीसाधन चेकिङ लाई निरन्तरता दिइरहेको छ ।
नेपालीहरूकाे महान चाड दशै तिहार पर्वमा सवारीसाधनकाे चाप बढ्नुका साथै दुर्घटना समेत बढ्ने कुरालाई मध्य नजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले बागलुङ प्रवेश गर्ने मुख्य नाका मालढुंगा चेकपोस्ट बाट बाहिरिने भित्रीने सवारीसाधन लाई कडाइका साथ चेकजाँच गरिरहेकाे ट्राफिक प्रहरीले जनाएको छ ।
दशैकाे बेलामा यात्रा गर्ने यात्रुहरूले बढी भाडा तिरेर ठगिन नपराेस भनेर त्यसको समेत रेखदेख गरिरहेकाे ट्राफिक प्रहरीले जनाएको छ ।
बागलुङ सदरमुकाममा ट्राफिक प्रहरीले चेकजाँच गरेको कारणले दुर्घटनाको घटनामा कमी आएको भएपनि ग्रामीण क्षेत्रमा पुग्ने सडक राम्रो नहुनुका साथै ठूला सवारीसाधन समेत नचल्ने गरेको कारण निजि राताे प्लेटका पिकपमा क्षमता भन्दा बढी यात्रु चढाएर लैजाने बाध्यताले गर्दा बेलाबेलामा दुर्घटना भने हुने गरेको देखिन्छ ।













