समाचार

बैंकिङ कसुरमा फरार अपराधी पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले एक फरार अपराधीलाई पक्राउ गरेको छ । बैंकिङ कसरु मद्दुामा फरार रहेका जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीका ५७ बर्षीय जंगबहादुर पुनलाई पक्राउ गरेको हो । जिल्ला अदालत बागलुङले बैंकिङ कसुरमा १२ लाख ५ हजार ५ सय रुपैयाँ र ५ वर्ष कैद सजाय तेकेको पुनलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । पक्राउ परेका पुनलाई अदालत पठाइएको उपरीक्षक रानाले बताउनुभयो । पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघको १८ औ महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा सदस्यहरूको पदस्थापना

बागलुङ व्यापारी व्यवसायीहरूको छाता संगठन बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। संघको १८ औ महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरूलाई पदस्थापन गराइएको हो । मुख्य निर्वाचन अधिकृत भुमिश्वर गौतमले संघका नवनिर्वाचित अध्यक्ष नरेश कँडेललाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । अध्यक्ष कँडेलले नवनिर्वाचित सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।संघको १८ औँ महाधिवेशनबाट अध्यक्षमा नरेश कँडेल, खुल्ला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश… पुरा पढौ

बागलुङ नगरपालिकाको ११ औ नगर सभा सुरु, सबै वडाहरुको सन्तुलित विकास हुने गरी ‘एक वडा एक नमुना पूर्वाधार विकास’ कार्यक्रम

बागलुङ बागलुङ नगरपालिकाले सबै वडाहरुको सन्तुलित विकास हुने गरी ‘एक वडा एक नमुना पूर्वाधार विकास’ कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वडाहरुको सन्तुलित विकास हुने गरी ‘एक वडा एक नमुना पूर्वाधार विकास’ कार्यक्रम संचालन गर्ने घोषण गर्नु भएको हो ।श्रेष्ठले मुलपानी–ढिकीचौर–तितौर सडकलार्ई भित्रि चक्रपथ र मालढुङ्गा, नारायणस्थान, पैयुपाटा, अमलाचौर, रायडाँडा, सिगाना र खहरेलाई वाह्य चक्रपथको रुपमा विकास गर्ने र पर्यटन प्रवद्र्धन लागि भैरवस्थान, मुलाबारी, भकुण्डे, रायडाँडा,… पुरा पढौ

कर कै भरमा गण्डकी सरकार
अत्यधिक बढायो गाडीमा कर

चाैतर्फि रूपमा महंगीकाे मारमा पिल्सिरहेकाे जनतामाथि सरकारले राहत ल्याउने आशा गरिरहेकाे समयमागण्डकी सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी निजी सवारी साधनमा १० हजार रुपैयाँ वार्षिक कर वृद्धि गरेको छ । २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको हो । हाल वार्षिकरूपमा ४० हजार कर तोकिएका यी गाडीमा आउँदो वर्षदेखि ५० हजार तिर्नुपर्ने भएको छ । चालू वर्षमा २९ सयदेखि माथि सीसी क्षमताका सवारीले वार्षिक रूपमा ५६ हजार कर तिर्दै… पुरा पढौ

मस्त निद्रामा भुकम्पको धक्का महसुस: ४.६ रेक्टर स्केल

बागलुङ लगायतका क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस(चित्रे) केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राबिधिक सुधन कुमार सुवेदीले बताउनुभयो । नेपाल, भारत र चीनलाई प्रभावित गर्नेगरि केही सेकेन्ड मात्र कम्पन गराएको भुकम्पको क्षति भने के कति भयो भन्ने आइनसकेको केन्द्रले जनाएको छ । पुरा पढौ

रवि लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी घाेषणा

चर्चित संचारकर्मि रवि लामिछानेले आफ्नो टेलिभिजन पत्रकारिता छाेडेर राजनीतिमा प्रवेश गरेका छन् ।राजधानीमा मंगलबार एक कार्यक्रम गरि राष्ट्रिय स्वतन्त्र पार्टी नामको पार्टी घाेषणा गरेका छन् । अहिलेसम्म देशमा भएका राजनीति पार्टीले नेपाली जनताको पक्षमा काम र परिवर्तन गर्न नसकेको कारणले परिवर्तनको लागि नयाँ पार्टी गठन गरेको घाेषणा गरेका हुन् । अब आउने संघीय र प्रदेशको निर्वाचनमा देशका विभिन्न क्षेत्र बाट उमेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट उठाउने योजना भएको रवि लामिछानेले बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्य मन्त्री आफ्नो पार्टीको… पुरा पढौ

बागलुङ नगरपालिकाका जनप्रतिनिधिलाई बैंकर्सकाे स्वागत

बागलुङ ।बैंकर्स बागलुङले बागलुङ नगरपालीकाका नव निर्वाचित नगर प्रमुख तथा नगर उप प्रमुख जनप्रतिनिधीहरूलाई सम्मान गरेको छ। बागलुङ स्थीत सम्पुर्ण बैंक तथा वित्तीय संस्थाको छाता संगठन बैंकर्स बागलुङले एक कार्यक्रम बीच नव निर्बाचित जन प्रतिनिधिहरूलाई सम्मान गरेको हो। कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आफ्नो कार्यकालमा समृद्ध नगरपालिका निर्माण गर्नको लागि बागलुङ स्थीत सम्पुर्ण वित्तीय संस्था हरुसंग सहकार्य र समन्वय गर्दै सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैंक आफैंमा पुर्ण वित्तिय पारदर्शी सँस्था भएकोले यस्ता सँस्था हरुबाट धेरै… पुरा पढौ

विपद व्यवस्थापन तथा उद्धार नमुना अभ्यास सम्पन्न

बर्षायाम सुरु भइसकेको छ । देशमा बर्सेनि बर्षाजन्य विपदका कारण घटनामा परि दर्जनौं मानिसको ज्यान जाने गरेको छ भने सयौं घाइते तथा करोडौंका संरचना ध्वस्त हुने गरेको छ ।देशका हरेक बिपत्तिमा उद्धारका लागी अग्रमोर्चामा खटिने गर्छ नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी ।प्रहरीले विपदमा उद्धारका लागि विभिन्न तालिमहरु समेत सञ्चालन गरिने गर्छ । यसै क्रममा गण्डकी प्रदेश प्रहरी, विपद व्यवस्थापन गुल्म बागलुङको आयोजनामा बागलुङमा विपद व्यवस्थापन सम्बन्धी उद्धार नमुना अभ्यास गरिएको छ । जिल्लाको सदरमुकाम बागलुङ बजारमा बागलुङ पर्वत… पुरा पढौ

१५ दिने कुसन बनाउने तालिम सुरु

'सीप सिकाैं उद्यमी बनाैं सफल भबिस्य सुनिश्चित गराैँ' भन्ने नाराका साथ कुसन बनाउने १५ दिने तालिम बागलुङमा शुरू भएको छ । बागलुङ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिकाे आयोजना र बागलुङ नगरपालिका वडा नम्बर २ काे सहयोगमा तालिम आइतबारदेखि शुरु भएको हो । बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्का द्वारा उद्घाटन भएको तालिममा लाई उद्यमी बनाउनकाे लागि महिलाको हातहातमा सीप सिकाउन सकेको खण्डमा थाेरै भएपनि आत्मनिर्भर बनाउन सकिने धारणा राखेका थिए । बागलुङ उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष… पुरा पढौ

लागुऔषध सहित २ युवा पक्राउ

जिल्ला प्रहरी बागलुङले २ युवालाई लागुऔषध पक्राउ गरेको छ । प्रहरीले २२ र २३ वर्षी युवालाई बागलुङ बजारबाट पक्राउ गरेको हो । बजारको एक रेष्टुरेन्टमा लागुऔषधको कारोबार गर्दै गरेको भन्ने विशेष सुराकीको आधारमा जिल्लाको काठेखोला गाउँपालिका- ४ तंग्राम बस्ने बर्ष २२ का राजु थापा र चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ६ स्थायी घर भई बागलुङ नगरपालिका-२ श्रीनगरटोल बस्ने बर्ष २३ को समिर अन्सारीलाई ३ सय ९० ग्राम लागुऔषध(गाँजाको धुलो) सहिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इन्द्रबहादुर… पुरा पढौ