
बागलुङ ,हामी सेवा गर्छौ भन्ने भावनाका खाेलिएकाे अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ ढाेरपाटन बागलुङको आयोजनामा ढाेरपाटन नगरपालिका बुर्तिवाङमा ३ दिने बृहत आखा शिविर भब्य रुपमा सम्पन्न भएको छ।
नेपाल नेत्र ज्योति संघ बागलुङ धाैलागिरि आँखा अस्पताल बागलुङ र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग शिविरमा स्थानिय पालिका तथा संघ सस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो ।
शिविरमा ८८५ जना बिरामिको आँखा जाँच ९७ जना बिरामीको सल्यक्रिया साथै २५०जना बिरामीलाई लाई चस्मा उपलब्ध गराइयको थियो ।
शिविरको उद्घाटन लायन्स क्लब इन्टरनेशनल 325 K नेपालका डिस्ट्रिक गभर्नर लायन सुचित्रा थापाले गर्नुभयको थियो ।
लायन्स क्लब अफ बागलुङकाे आयोजना ढाेरपाटन नगरपालिका तमानखाेला गाउँपालिका ,ढाेरपाटन उद्योग बाणिज्य संघ, जुनियर रेडक्रस साेसाइटी बुर्तिबाङ ,बुर्तिवाङ राईजिङ क्लबकाे सहयोगमा ३ दिने शिविर सम्पन्न भएको लायन्स क्लबका क्लस्टर चिफ तालबहादुर कुवँरले बताए ।

















