चन्द्रागिरिमा ३ दिने झिलिमिलि हाट बजार संचालन हुने

-


     राजेशचन्द्र राजभण्डारी     
     कार्तिक २१ गते २०८० मा प्रकाशित


काठमाडौ ,ऐतिहासिक सांस्कृतिक नगरी समृद्धि पर्यटकीय चन्द्रागिरि भन्ने मुल नारासाथ आर्थिक मन्दिले निरास भएका ब्यबसायि लाई हाैसला प्रदान गर्ने उदेश्यले चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र ७ काे आयोजनामा ३ दिनेझिलिमिली हाट बजार संचालन हुने भएको छ ।

चन्द्रागिरि वडा नम्बर ६ र ७ वडा कार्यालय प्रांगण नजिकै झिलिमिलि हाट बजार कार्तिक २३,२४,र २५ गते भब्य रूपमा संचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको वडा नम्बर ६ का वडा अध्यक्ष सन्जय सिग्देलले बताए ।

झण्डै दुई बर्ष काेराेनाले थप्प भएको ब्यापार ब्यवसाय अझै माथि उठ्न नसिकि ब्यापारी ब्यवसायी निराश भइरहेको बेला स्थानीय तहले त्यसलाई थप हाैसला दिने उदेश्यले ३ दिने झिलिमिलि हाट बजार आयोजना गरेको वडा अध्यक्ष सिग्देलले बताए ।

४२ वटा स्टलमा स्थानीय उत्पादनका सामाग्री जुत्ता चप्पल ,बेकरी ,चाउमिन ,खाजा ,नेवारी खाजा ,लगायतका सबैलाई यसपटक निशुल्क रूपमा स्टल दिने ब्यवस्था गरेर ब्यवसायी लाई थाेरै भएपनि राहत मिल्ने ब्यवसायीले बताए ।

कार्यक्रममा स्थानीय उत्पादनकाे बिक्रीवितरणमा गर्न गराउन ३ दिने हाट बजार प्रभावकारी हुने बिश्वास स्थानीय तहले गरेको छ ।