बागलुङमा ११५ आ‌ै देवकोटा जयन्ती मनाइयो

-


     हिडन खबर    
     कार्तिक २६ गते २०८० मा प्रकाशित


बागलुङ ,नेपालकाे पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको आयोजना ११५ आ‌ैं लक्ष्मीप्रसाद देवकोटा जयन्ती प्रतियोगितात्मक कबिता गाेष्ठी गरेर मनाइयो ।

कबिता गाेष्ठीमा राजेशचन्द्र राजभण्डारी ,बिजय श्याम राजभण्डारी ,काेपिला कडेल ,गाेविन्द सुवेदी ,पुस्पिका सुवेदी ,रामचन्द्र सापकोटा ,चुडामणि आचार्य ,लगायतका साहित्यिक अनुरागीहरूले कबिता बाचन गरेका थिए ।

कार्यक्रममा पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले महाकबि लक्ष्मी प्रसाद देवकोटाकाे ब्यक्तित्व साहित्यक याेगदान बारे चर्चा गरेका थिए । देवकोटा एकजना साहित्यकार मात्र नभइ राजनीतिक सामाजिक ब्यक्तित्व समेत रहेको नेपाली साहित्य र भाषालाई बिश्व ञञञसमुदायमा चिनाउने काम समेत गरेको कार्यक्रममा राजभण्डारीले जानकारी गराएका थिए ।कार्यक्रममा धाैलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले महाकविकाे ब्यक्तित्व बारे प्रकाश पारेका थिए ।
प्रतियोगितामा बिजय श्याम राजभण्डारी प्रथम केशव रेग्मी दृतिय र रामचन्द्र सापकोटा तृतीय भइ पुरस्कृत भएका थिए ।
पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माकाे स्वागत र सचिव राजन शर्माको संचालनमा सम्पन्न भएको थियो ।