चाडपर्व लक्षित चेकिङ २८ हजार राजस्व संकलन

-


     हिडन खबर    
     कार्तिक २२ गते २०८० मा प्रकाशित


बागलुङ ,चाडपर्व लक्षित सुरक्षा योजना अनुसार चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्नको लागि बागलुङ जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरी सहितको संयुक्त टोली परिचालन गरी चेकीङ छ । ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने ४९ वटा सवारी साधनहरुलाई कारबाही गरी रु. २८ हजार ५ सय जरिवाना गरेकाे जिल्ला ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए ।

बागलुङ न.पा. १ मालढुंगा,बागलुङ न.पा.३ रातमाटा, बागलुङ न.पा. ४ सल्लेरी, काठेखोला गा.पा. २ अक्षेते बजार ,ढोरपाटन न.पा. १ बुर्तिबाङ बजार, बडीगाड गा.पा. २ हाँडीखोला बजार, बडिगाड गा.पा. ४ खौलारा, निसीखोला गा.पा ५ झिवाखोला गलकोट न.पा. ३ हटिया बजारमा चेकजाँच गरिएको खड्काले बताए ।ट्राफिक प्रहरीको सक्रियता संगै बागलुङ जिल्लामा सवारीसाधन दुर्घटनामा कमि आएको छ ।