
बागलुङ ,मर्दिखाेला युनाइटेड क्लब पर्वतको आयोजना पैयु गाउँपालीका पर्वतमा भएको फुटबल प्रतियोगितामा बागलुङको आदर्श बिद्यामन्दिर बिद्यालयले एपीएफलाई ३/२ गाेलकाे अन्तरले जितेर प्रथम भएको छ ।
मर्दिखाेला युनाइटेड क्लब पर्वतको आयोजना भएको फुटबल खेलमा २१ टिम सहभागी भएको थियो ।
आदर्श बिद्यामन्दिर बागलुङ एपिएफ संग ३/२ गाेलले
बिजयी भइ १ लाख १ हजार १ सय ११ नगद सहित मेडल प्रमाणपत्र ट्रफि बाट सम्मानित भएकाे आदर्श बिद्यामन्दिरका प्रिन्सिपल भुपेन्द्र केसीले बताए ।
राष्ट्रिय स्तरको खेलमा जिल्लाकाे बिद्यालयकाे नाममा राख्न सफल भएको भन्दै बिद्यालयमा बिद्यार्थीहरूलाइ खादा अबिर र प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।













