
चिसो बढ्न थालेपछि बागलुङ बजारका जेष्ठ नागरिकलाई व्लाङकेट वितरण गरिएको छ। बागलुङ नगरपालिका वडा नम्वर २ को कार्यालयले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका वडा भित्रका २५ जना जेष्ठ नागरिकलाई व्लाङकेट वितरण गरेको हो । वडाको चालु आवमा विनियोजित बजेटबाट जेष्ठ नागरिकलाई न्यानो व्लाङकेट वितरण गरिएको वडा अध्यक्ष सुरज वोसेलले बताउनुभयो ।
वडा भित्र रहेका ८० वर्ष नाघेका २५ जना जेष्ठ नागरिकलाई व्लाङकेट वितरण गरेको हो। वडा नम्बर २ का जेष्ठ नागरिकलाई कार्यालयमै बोलाएर व्लाङकेट बाँडेको र केही असक्त भई आउन नसक्ने जेष्ठ नागरिकहरुलाई वडा अध्यक्ष वोसेल, सदस्य अर्जुन घिमिरे, विदेश कुमार श्रेष्ठ, वडा सचिव गांगा शर्मा लगाएतको टोलीले घर घरमै पुगेर वितरण गर्नु भएको थियो ।
‘जेष्ठ नागरिक समाजका प्रतिबिम्ब भएको र समाज रुपान्तरणमा उनिहरुको महत्वपूर्ण योगदान रहेकोले सम्मान गरिएको वडा कार्यालयले जनाएको छ।
चिसो मौसमलाई मध्येनजर गर्दै व्लाङकेट वितरण गरेको प्रति जेष्ठ नागरिक निकै खुसी भएका छन्।















