समाचार

प्रचण्डद्वारा बडी विल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई सम्मान

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौं विश्व बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान गर्नुभएको छ । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा आज अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको कार्यक्रममा उहाँले सम्मान गर्नुभएको हो । शारीरिक सुगठन खेलको अन्तर्राष्ट्रिय महासंघ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडरेसनसँगको सहकार्यमा बडी बिल्डिङ एसोसिएसन अफ माल्दिभ्सले मालेमा आयोजना गरेको प्रतियोगितामा रजत प्राप्त गर्ने रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र सनम मुलगुठीले… पुरा पढौ

बागलुङमा श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पौष १४बागलुङमा श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना र बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा श्रमिक शिक्षा सम्बन्धी अभिमुखकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लिराम सुवेदीले देशको आर्थिक सुधारको लागि औद्योगिक क्षेत्रको नीतिगन सुधारको आवश्यकता रहेको बनाउनु भएको छ । अर्थतन्त्र सुधारको लागि नीतिमा व्यापक सुधारको प्रतिक्षा भैरहेको भन्दै नीतिगत सुधारले मात्रै नेपालको नीजि क्षेत्रकोले फड्को मार्ने धारणा राख्नु भयो ।नेपाली रोजगारीको लागि विदेश पलायन भैरहेको… पुरा पढौ

युनियन बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं व साधारणसभा सम्पन्न

बागलुङ , पौष १४ । युनियन बहुउद्देश्यीय सहकारी संस्था बागलुङको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष दुर्गा कुँवरले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताउनुभयो। सहकारी अभियानले छरिएर रहेकाे पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । त्यस्तै पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले सहकारी संस्थालाई सही ढङ्गबाट सञ्चालन गर्न संचालक समिति र शेयर सदस्यको… पुरा पढौ

चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले आज ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा डीपी खनालको शब्दरचना रहेको गीतमा एसडी योगीको संगीत छ । स्वर एडी योडी र रेश्मा पुन मगरको छ । रिकेश गुरुङले एरेन्ज छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ । प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका… पुरा पढौ

पौष १५ देखी १७ सम्म पर्वतमा पर्यटन युवा सडक महोत्सव हुने

पर्वत पुस १३ अंग्रेजी नया वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि पौष १५ गतेदेखि १७ गते सम्म पर्बतको कुश्मा बन्जी साइडमा पर्यटन युवा सडक महोत्सव आयोजना गरिएको छ । कुश्मा मा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वत शाखाले महोत्सवको तयारीको वारेमा जानकारी गराएको हो । अंग्रेजी नया वर्ष २०२५ र पुषे पन्ध्रको अवसर पारेर आयोजना गरिएको यस महोत्सवले पर्वत जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकिय… पुरा पढौ

जेष्ठ नागरिकसंगकाे भलाकुसारी नयाँ पीढीलाई खुराकी

काठमाडौं पुस १३ जेष्ठ नागरिकसंग भलाकुसारी गरेर नयाँ पीढीलाई सन्देश दिने उदेश्यले बागलुङ शाक्य खल:काठमाडौंले राजधानीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शाक्य खल:ले बागलुङका पहिलो चर्च तथा याैन राेग बिज्ञ वीर अस्पतालका चर्च तथा याैन राेगका पूर्व निर्देशक तथा समाजसेवी डाक्टर रामकुमार श्रेष्ठ संग आफ्नो जीवन वृतान्त अन्तरक्रियामा आफ्नो अनुभुती सुनाएका थिए । बागलुङ सदरमुकाममा जन्मिएर बागलुङ ,पाल्पा हुदै गाेरखपुर पुगेर शिक्षा लिएका श्रेष्ठले बेलायत पुगेर मेडिकल शिक्षा अध्ययन गरेर बागलुङ अस्पतालमा २०२१/२२ सालतिर सेवा गरेको अनुभव कार्यक्रममा… पुरा पढौ

माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ – अध्यक्ष प्रचण्ड

पुनर्वास, कंचनपुर १३ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताउनुभएको छ । कंचनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो - 'हामीलाई दिनमा एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ… पुरा पढौ

पाैष १५ गतेबाट पर्वतकाे कुश्मामा दाेस्राे युवा पर्यटन तथा सडक महाेत्सब शुरू

पर्वत / हाम्राे अभियान, लाेक संस्कृतीकाे संरक्षण,स्रष्टाकाे सम्मान नव प्रतिभाकाे प्राेत्साहन भन्ने मुल नाराका साथ स्थापना भएकाे राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति पर्वतले अङ्ग्रेजी नयाँ बर्ष २०२५ काे अवसर पारेर दाेस्राे युवा पर्यटन तथा सडक महाेत्सब २०८१ काे आयोजना गर्ने भएको  छ । पर्वत जिल्लाकाे सदरमुकाम कुश्मा बजार स्थित बञ्जि साईड रिसाेर्टमा आउदाे पुष १५ गते देखि १७ गते  सम्म संचालन हुने महाेत्सबकाे गण्डकी प्रदेश सरकारका माननीय उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्वघाटन गर्ने… पुरा पढौ

माघे सक्रान्ति मेलामा १ लाख १५ हजार पुरस्कारको भलिबल प्रतियोगिता

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा आयोजना हुने माघेसक्रान्ति मेला तथा जैमिनी कप–२०८१को तयारी तीब्र पारिएको छ । सहारा क्लवको आयोजनामा यहि पुष २७ गतेदेखि माघ २ गतेसम्म हुने माघे सक्रान्ति मेला तथा जैमिनी कपको तयारी तीब्र पारिएको क्लवका अध्यक्ष सुरेश सुनारले जानकारी दिए । मेला तयारीको करिब ७० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष सुनारको भनाई छ । मेलाको अवसरमा वडा स्तरीय खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, खुल्ला एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । मेलाको अवसरमा कृषि उपज तथा… पुरा पढौ

‘सानुमाया’मा मिरुनाको प्रेम र करियरबीचको संघर्ष 

काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ।  यो भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको छ। पहिचानको अभाव, प्रेम र करियरबीचको द्वन्द्व, र सामाजिक संघर्षलाई भावनात्मक रूपमा उजागर गरेको ‘सानुमाया’ म्युजिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक महत्त्व र समाजभित्रको गहिराइलाई कलात्मक रूपले प्रस्तुत गर्ने प्रयास गरेको छ। लेखक तथा निर्देशक विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम… पुरा पढौ