
रुकुम पश्चिम, जेठ ७
नेकपा (माओवादी केन्द्र) द्वारा अगाडि सारिएको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीलाई आज रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७, साँखाबाट सम्मानपूर्वक बिदाइ गरिएको छ।
बिदाइ कार्यक्रममा कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले अभियान टोलीका नेतृत्वकर्ता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थानीय उत्पादन भेडाको ऊनबाट बनेको कपडा उपहारस्वरूप प्रदान गरेका थिए।
उक्त उपहारले स्थानीय उत्पादनप्रतिको सम्मान र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य बोकेको जनाइएको छ। कार्यक्रमका वक्ताहरूले उपहारले अभियानमा समावेश आत्मीयता र जनस्तरसँगको सम्बन्ध झल्काउने विश्वास व्यक्त गरे।
पार्टी स्रोतका अनुसार, मध्यपहाडी लोकमार्ग अभियान जनसम्पर्क र जनसंगठन सुदृढ बनाउने दीर्घकालीन रणनीतिअन्तर्गत सञ्चालन गरिएको हो, जसले भौगोलिक रूपमा विकट क्षेत्रहरूमा पनि पार्टीको उपस्थिति सशक्त बनाउने उद्देश्य राखेको छ।









