मध्यपहाडी लोकमार्ग अभियान : अध्यक्ष प्रचण्डको जनयुद्धकालीन सेल्टर रोल्पामा

-


     हिडन खबर    
     जेठ ८ गते २०८२ मा प्रकाशित


रोल्पा, जेठ ७

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ। अभियानको सुरुआत बैतडीको पाटनबाट गरिएको थियो।

रोल्पाको थबाङमा अभियान टोलीलाई भव्य स्वागत गरिएको छ। स्थानीय बासिन्दा तथा पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई आतिथ्य प्रदान गरेका छन्।

थबाङ, जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण सेल्टरका रूपमा परिचित थियो। त्यस्तै, रोल्पाको लाबाङलाई तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठकस्थलका रूपमा चिनिन्छ, जहाँ महत्वपूर्ण रणनीतिहरू तय गरिएका थिए।

हाल जिल्ला पार्टीले आयोजना गरेको जनसभालाई अध्यक्ष प्रचण्डसहित अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अभियान टोली आज राति रोल्पामै बास बस्ने कार्यक्रम रहेको छ।