समाचार

द ब्ल्यू लाइट’को शुभमुहूर्त सम्पन्न, छायांकन २२ गतेदेखि सुरु

हिड्नखबर डट्कम काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ को शुभमुहूर्त सम्पन्न गरिएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार निर्माण टिमले विधिपूर्वक शुभमुहूर्त गरेको हो। शुभमुहूर्त कार्यक्रममा चलचित्रका मुख्य कलाकार तथा प्राविधिकहरू सहभागी थिए। शुभमुहूर्तपछिको छायांकन यही जेठ २२ गते (बिहीबार) बाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन हुने यस चलचित्रका लागि २० दिने सुटिङ तालिका तय गरिएको छ। चलचित्रको निर्देशन बलिराम चौहानले गर्दैछन्। चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक रहेका चौहानको यो… पुरा पढौ

गुरुङ पहिरनमा राधिका दासी, कोटिहोममा विविधता र एकताको सन्देश

हिड्न खबर डट्कमपोखरा, जेठ १९पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचनरत भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको परम्परागत पहिरनमा प्रस्तुत भइन्। राधिका दासीले आफू जहाँ जान्छिन्, त्यहाँको संस्कृति र पहिचानलाई आत्मसात गर्दै आएको बताउँदै महायज्ञका प्रचारप्रसार संयोजक लेखराज ढकालले भने, "गुरुङ समुदायको पोशाकमा कथा वाचन गरेर उनले विविध संस्कृतिको सम्मानको सन्देश दिएकी छन्।" कोटिहोमको उद्देश्य: सबै धर्म, सम्प्रदाय र जातको समायोजनकोटिहोम कुनै एक धर्म, जात वा सम्प्रदाय केन्द्रित नभई नेपालका विविध धार्मिक र सांस्कृतिक… पुरा पढौ

🎬 ‘जनै हराएको बाहुन’ अब ‘जनै हराएको मान्छे’

हिडन खबर डट्कम भदौ ६ मा रिलिज हुने फिल्मको पोस्टर सार्वजनिक काठमाडौं – आगामी भदौ ६ गते रिलिज हुने नेपाली चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को नाम परिवर्तन गरिएको छ। अब यो चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ शीर्षकमा सार्वजनिक हुनेछ। निर्माण पक्षका अनुसार हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नामप्रति चासो देखाएपछि विवाद टार्न शीर्षक परिवर्तन गरिएको हो। साथै, मुख्य पात्र विजय बरालको पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा उनी रातो सर्टमा दुई झोला बोकेर… पुरा पढौ

लन्डनमा तेस्रो नेपाली चलचित्र महोत्सव सम्पन्न, सन्तोष पन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

लन्डन । थर्ड आइले बेलायतमा आयोजना गरेको तेस्रो नेपाली चलचित्र महोत्सव शनिबार सम्पन्न भएको छ। लन्डनको ग्रीनफोर्ड टाउन हलमा आयोजित समापन समारोहमा उत्कृष्ट चलचित्रहरू, नेपालबाट आएका विशिष्ट कलाकारहरू र बेलायतस्थित नेपाली कलाकारहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरियो। फेस्टिभल अवार्डसहित चार उत्कृष्ट चलचित्र चयन नेपाली फिल्म फेस्टिभल यूके २०२५ का लागि विश्वभरबाट प्राप्त ३९८ आवेदनमध्ये चार चलचित्र — पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नी लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको हो। अवार्ड हस्तान्तरण समारोहमा एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य, युवा… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फर्किनु भयो

काठमाडौं, १८ जेठ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भई गएराति स्वदेश फर्किनु भएको छ। डा. राणा गत बुधबार चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हङकङ प्रस्थान गर्नुभएको थियो। उहाँ चीन सरकारद्वारा जेठ १६ गते आयोजना गरिएको "अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धि"को हस्ताक्षर समारोहमा सहभागी हुनुभएको हो। नेपालले उक्त महासन्धिमा हस्ताक्षर नगरे पनि पर्यवेक्षकका रूपमा कार्यक्रममा उपस्थिति जनाएको थियो। कार्यक्रममा ३२ देशले हस्ताक्षर गरेका थिए भने ५० भन्दा… पुरा पढौ

कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा रहँदै आएको छ : अध्यक्ष प्रचण्ड

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, अब सहकार्य हुँदैन : अध्यक्ष प्रचण्ड हिड्नखबर डट कम काठमाडौँ, जेठ १८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर सदैव परिवर्तनको पक्षमा अग्रपंक्तिमा रहँदै आएको बताएका छन्। शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कीर्तिपुरले आफूलाई गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति आभार प्रकट गरे। “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ,… पुरा पढौ

कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाबाट लाखौँको सहयोग घोषणा

हिड्न खबर डट्कम पोखरा, जेठ १७ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दो छ। स्याङ्जा जिल्लाका पालिकाका प्रमुख र उपप्रमुखहरूले आइतबार कोटिहोममा सहभागिता जनाउँदै अनाथ बालबालिकाको अभिभावक बन्ने घोषणा गरेका छन्। गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई र वालिङ उपप्रमुख कविता तिवारीले पालिकातर्फबाट जनही एक–एक लाख रुपैयाँ सहयोग गर्ने बताए। मानव सेवाका अन्य शीर्षकमा पनि सहयोग गर्न सकिने उनीहरूको भनाइ छ। कोटिहोममा भक्तजन तथा जनप्रतिनिधिबाट दैनिकरूपमा आर्थिक सहयोग जुटिरहेको छ। हालसम्म अर्घाखाँची, कास्की,… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा नुवाकोटको ऐतिहासिक साततले दरबारको अवलोकन

हिड्न खबर डटकम१७ जेठ २०८२, नुवाकोट — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटस्थित ऐतिहासिक साततले दरबारको स्थलगत अवलोकन गर्नुभएको छ। २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको यो ऐतिहासिक दरबार पुनर्निर्माणमा लामो समयसम्म ढिलाइ भइरहेका बेला अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा उहाँकै विशेष पहलमा पुनर्निर्माणको काम अघि बढाइएको थियो। प्रचण्डको यो अवलोकन भ्रमणलाई दरबार पुनर्निर्माण र समग्र सांस्कृतिक सम्पदा संरक्षणप्रतिको गम्भीर चासोका रूपमा लिइएको छ। स्थानीयवासी तथा सरोकारवाला निकायहरूले उहाँको भ्रमणलाई… पुरा पढौ

हङकङमा नेपाल–चीन परराष्ट्रमन्त्रीबीच भेटवार्ता

हिड्न खबर डट कम १६ जेठ, हङकङ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ता चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा भएको मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा पर्यवेक्षक राष्ट्रका रूपमा नेपालको सहभागिता अन्तर्गत भएको हो। सौहार्दपूर्ण भेटमा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका विषयमा गहन छलफल भएको थियो। मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै विगतमा प्राप्त आर्थिक, सामाजिक… पुरा पढौ

अग्रज पत्रकारको आग्रह: ‘सत्य र तथ्यमा आधारित पत्रकारिता गरौं’

बागलुङ, जेठ १६ – नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा बागलुङमा आयोजित ‘अग्रजसँग संवाद’ कार्यक्रममा सहभागी पत्रकारहरूले नयाँ पुस्तालाई सत्य, तथ्य र अनुसन्धानमा आधारित निर्भिक पत्रकारिता गर्न आग्रह गरेका छन्। ‘उबेलाको पत्रकारिता’ शीर्षकको शृङ्खलामा बोल्दै अग्रज पत्रकार विश्वनाथ रेग्मीले पुराना दिनको स्मृति सुनाउँदै भने, “हामी हुलाकमार्फत समाचार पठाउँथ्यौं, ‘हालै’ भनेर लेख्दा त्यो समाचार हप्ता दिनपछि छापिन्थ्यो।” उनले सन् २०४० सालदेखि पत्रकारिता सुरु गरेको बताउँदै त्यो समयमा ‘क’, ‘ख’ र ‘ग’ वर्गअनुसार समाचारको पारिश्रमिक निर्धारण हुने गरेको खुलाए। कार्यक्रममा… पुरा पढौ