बागलुङ, जेठ २३ नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा, बागलुङ उपल्लाचौरमा सञ्चालित सी.सं. १७ सैन्य आधार तालिम सम्पन्न भएको छ। गत साउनदेखि सञ्चालन गरिएको उक्त तालिम नौ महिनापछि समापन गरिएको हो। तालिम समापन समारोहका अवसरमा अन्तिम ‘दलेल कवाज’ प्रदर्शनीसहित १०५ जना प्रशिक्षार्थी सिपाहीलाई औपचारिक रूपमा दीक्षित गरिएको हो। समारोहमा सम्बोधन गर्दै वाहिनीपति सहायक रथी अर्जुन खड्काले नेपाली सेनाको मूल्य, मान्यता र परम्पराको पालना गर्दै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहन निर्देशन दिनुभयो। उहाँले राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय…
पुरा पढौ