समाचार

चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुक छ । ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ । टिजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

काठमाडौ, १९ मङ्सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । गणतन्त्र सेनानी कोषले उहाँलाई सो सम्मान गरेको हो। देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ। कोषले यो… पुरा पढौ

माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

काठमाडौं, १९ मंसिर । नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ। अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो। प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले चेक हस्तान्तरण गर्नुभएको थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि यूरोप र अष्ट्रेलियाका शाखा समितिलाई धन्यवाद दिनुभयो ।… पुरा पढौ

नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, १९ मंसिर । नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उहाँलाई खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो।शर्मालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरुसँग एकता प्रक्रिया सुरु भएको बताउनुभयो । व्यक्तिगतरुपमा ध्रुवीकृत हुने क्रम पनि बढेको भन्दै उहाँले यसले आगामी यात्रालाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रवेश गर्नुभएका शर्माले माओवादी स्कुलिङबाट… पुरा पढौ

बागलुङमा फरार प्रतिवादी पक्राउ

बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले ११ बर्ष देखि फरार रहेका एकजना प्रतिवादी पक्राउ गरेको छ । लागू आ‌ैषध मुद्दामा कैद जरिवाना सजाय ताेकिएका बागलुङ नगरपालिका वडा नम्बर १० का बिशाल थापा भन्ने विप्लव थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए । जिल्ला अदालत बागलुङले २०७९ साल श्रावण २५ गते लागू आ‌ैषध मुद्दामा १ महिना १० दिन कैद सजाय र ४ हजार रूपैयाँ जरिवाना फैसला गरिएका थापा लाई बागलुङको मालढुंगा प्रहरी चाैकीबाट खटिएको टाेलीलेपक्राउ गरि फैसला… पुरा पढौ

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

काठमाडौं /बिबिसीको सन् २०२४ मा टप १०० महिलाहरूको सूचिमा नेपालबाट दिगो विकास उद्यमी शिलशिला आचार्य पनि परेकी छिन् । शिलशिला आचार्य नेपालमा एउटा ठूलो प्लास्टिक पुनः प्रयोगसम्बन्धी सञ्जाल चलाउँछिन्। फोहर व्यवस्थापनसम्बन्धी अभ्नी भेन्चर्स नामको उनको संस्थाले सीमान्त समुदायका सदस्यलाई रोजगारी दिनुका साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको छ। आचार्यले सन् २०१४ मा 'धन्यवाद, म आफैँ झोला बोक्छु' भन्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन। जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो। वातावरण तथा… पुरा पढौ

चलचित्र ‘कार्साङ’ले केही दिनमा टिजर सार्वजनिक गर्दै

काठमाडौं । चलचित्र ‘कार्साङ’ले केही दिनमा टिजर सार्वजनिक गर्दैछ । यो चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्केलगायत छन् । हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको पोस्टर र तस्बिरअनुसार कसको भूमिका के हो भन्ने निश्चित भइसकेको छैन । सबै गाउँले भूमिकामा रहेको पोस्टर र सुटिङ युनिटबाट बाहिरिएको एक तस्बिरले बताएको छ । तर निर्माणपक्षले हालसम्म कसको भूमिका कस्तो छ भनेर केही बताएको छैन । सुटिङस्पटबाट बाहिरिएको दयाहाङ र सिर्जना निङलेखुको तस्बिरले दयाहाङ धामीको भूमिकामा छन् कि भन्ने संकेत… पुरा पढौ

फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा

काठमाडौं । नेपालकै चर्चित गहना ब्रान्ड क्लासिक डाइमन्ड ज्वेलर्सले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको छ । हिजो सम्पन्न ग्रान्ड फिनालेमा पूर्णिका सिजापति ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ को विजेता घोषित भएकी छन् । फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन् । स्मृति श्रेष्ठले प्रतियोगिताको उत्कृष्ट वाकको उपाधि जितिन् भने सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि जित्न सफल भइन् । विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित… पुरा पढौ

म त ढले ढले गीतकी गायिका शान्तरानी परियारकाे चर्चा चुलिदै

मेला महाेत्सबकाे राैनकता देशैभरी शुरूवात भएकाे छ नयाँ पुराना पिढिका कलाकारहरूलाई उत्तिकै मेला महाेत्सबमा देख्न सकिन्छ । सामान्य परिबार पहाडकाे भेगिय हिसाबले पनि शहर बजार भन्दा केही फरक जाे यस्ताे समाजमा हुर्किईन उनै गायिका शान्त रानी परियार जाे यति बेला मेला महाेत्सबमा निकै ब्यस्त रहेकी छिन । उनलाई आम दर्शकले निकै रूचाएका छन । उनकाे प्रस्तुति निकै लाेभलाग्दाे छ । मत ढले ढले जुन गित बालक देखि बृदा सम्मका दर्शकले रूचाएका छन । टिकटक युटुब मेला महाेत्सब र शुभ बिबाह… पुरा पढौ

समीर आचार्य र अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’

काठमाडौं / गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ । यसमा नेपाली र थारू भाषाको मिश्रण छ । भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काउन खोजिएको छ । चक्र बम, उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन् । जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो बनेको हो ।… पुरा पढौ