
काठमाडौं । निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा: घर नं २’ को ट्रेलर सार्वजनिक भएको २३ घण्टामै युट्युबमा १० लाख भ्युज पार गर्दै भाइरल बनेको छ। ट्रेलरले साढे तीन सयभन्दा बढी कमेन्ट र ११ हजार लाइक बटुलेको छ।
घर र डेराबीचको मनोविज्ञान, प्रतिष्ठा र संघर्ष झल्काउने ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। निर्देशक खनालले ट्रेलरले दर्शकको माया पाएको भन्दै सिनेमा पनि त्यतिकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
साहित्यकार बुद्धिसागरको कथा रहेको यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरीलगायतको अभिनय रहेको छ। ‘पशुपतिप्रसाद’, ‘आमा’ र ‘चिसो मान्छे’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका खनाल निर्देशित यो फिल्म जेठ २ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।
Trailer Link: https://www.youtube.com/watch?v=HVdDGqrkCck











