समाचार

सञ्चारिका समूहको नयाँ नेतृत्व चयन, अध्यक्षमा कमला पन्थी

काठमाडौं, वैशाख ६ – सञ्चारिका समूह नेपालले नवौं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। शुक्रबार सम्पन्न निर्वाचनबाट कमला पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। पन्थीको नेतृत्वमा चयन भएको कार्यसमितिमा बसन्ती बास्तोला उपाध्यक्ष, राधा खनाल महासचिव, उर्वशी बस्न्यात सचिव र साजना तामाङ कोषाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, कार्यसमितिका सदस्यमा कालिका शिवाकोटी, सम्झना वन, कल्पना शर्मा, देवी सापकोटा, विष्णु पन्थी, अजबी पौडेल, दिपा रेग्मी र तारा चापागाईं निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी निकट समूहबीच गठबन्धन… पुरा पढौ

बागलुङकी रिमा थापाको ‘जिन्दगानी’ बोलको लोक दोहोरी गीत सार्वजनिक

हरेक व्यक्तिको चाहना हुन्छ सुखद जीवन व्यतीत गर्ने। तर मानिसको जीवनमा अनेक किसिमका उतारचढाव आउने गर्छन्। जीवनमा साँचो सुख प्राप्त गर्ने मानिस कमै मात्र हुन्छन्। जीवनमा दु:ख भोग्नुका अनेक कारण हुन सक्छन्—व्यवहार, आचरण, र सानोतिनो गल्ती पनि दु:खको कारण बन्न सक्छ। यस्तै जीवनका सुख-दु:खका परिवेशलाई समेटिएको ‘जिन्दगानी’ बोलको लोक दोहोरी गीत हालै सार्वजनिक गरिएको छ। जीवनले सोचेजस्तो नहुँदाको पीडा र सोचभन्दा फरक तरिकाले प्राप्त भएको सुखलाई टपक्क टिपेर गायक भिसन थापा मगर ले यस गीतमा शब्द दिएका छन् भने मिलन… पुरा पढौ

बागलुङमा घाँस काट्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

बागलुङ, वैशाख ५ बागलुङ नगरपालिका–४ ढोडेनीका १७ वर्षीय शिव थापा मगरको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थापा मगरको उपचारका क्रममा मृत्यु भएको हो। शिव थापा मगर आफ्नै घरदेखि करिब ५०० मिटर टाढा, म्याग्दीको बेनी नगरपालिका–१ बेलबोटस्थित शिव मन्दिरको कम्पाउण्डभित्र रहेको काब्रोको रुखमा चढेर घाँस काटिरहेका थिए। त्यही क्रममा घाँसको हाँगा नजिकै रहेको ३३ हजार केभी क्षमताको प्रसारण लाइनको नाङ्गो तारमा छोइएपछि करेन्ट लागेर उनी गम्भीर घाइते भएका… पुरा पढौ

नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिद्वारा बनभोज कार्यक्रम, ज्येष्ठ नागरिक र बिरामीलाई सम्मानसहित सहयोग

काठमाडौं –नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिले नयाँ वर्ष २०८२ को अवसरमा बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। संघले चन्द्रागिरी–६, मातातिर्थमा यही शनिबार आयोजना गर्न लागेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान तथा आर्थिक सहयोगसमेत समावेश गरिएको छ। कार्यक्रममा बागलुङका स्थानीय कलाकारहरूको लाइभ पञ्चेबाजा र मौलिक सांस्कृतिक प्रस्तुति रहनेछ। साथै, ज्येष्ठ नागरिक, दीर्घरोगी बिरामी र आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गर्दै नगद सहयोग प्रदान गरिने आयोजकले जनाएको छ। नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समिति लामो समयदेखि काठमाडौंमा स्थायी… पुरा पढौ

सहरमा सडक निर्माणसँगै युटिलिटी करिडोरको अवधारणा अघि बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन :उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरमा सडक निर्माण गर्दा युटिलिटी करिडोरको अवधारणा अनिवार्य रूपमा अघि बढाउनुपर्ने बताएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत छ लेनमा विस्तार गरिएको गोंद्राङ–पुलचोक सडक खण्डको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले विकास निर्माणलाई व्यवस्थित बनाउने र दोहोरिएर सडक नबन्नुपर्ने अवस्थाका लागि युटिलिटी करिडोर आवश्यक रहेको बताए। "सहरको बीचमा सडक बनाउँदा ढल, खानेपानी, फाइबर जस्ता युटिलिटी व्यवस्थापन गर्न पहिल्यै योजना बनाउनुपर्छ," सिंहले भने, "सडक बनेको केही समयमै फेरि भत्काएर पाइप बिछ्याउने प्रवृत्ति हटाउन अब युटिलिटी करिडोरको अवधारणामा… पुरा पढौ

तातोपानी नाका थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री डा. आरजु राणाको निर्देशन

५ वैशाख, २०८२ – सिन्धुपाल्चोक :परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकस्थित तातोपानी नाका र त्यहाँको भन्सार कार्यालयको निरीक्षण गर्दै नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन्। नेपाल–चीन व्यापारिक सम्बन्धका लागि अत्यन्तै महत्वपूर्ण मानिने तातोपानी नाकाबाट वार्षिक रु २० अर्बभन्दा बढी राजस्व संकलन हुने गरेको छ। सोही सन्दर्भमा भन्सार कार्यालयको स्थलगत निरीक्षणपछि मन्त्री डा. राणाले नेपाल सरकार यस नाकाको स्तरोन्नति तथा सुधारका लागि आवश्यक पहल गर्ने बताइन्। उनले पर्यटन प्रवर्द्धनको दृष्टिकोणले पनि तातोपानी नाका महत्वपूर्ण रहेको उल्लेख गरिन्। "यहाँबाट चीनको धार्मिक… पुरा पढौ

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा तिलौराकोट अवलोकन, बौद्ध पर्यटन प्रवर्द्धनमा जोड

वैशाख ५, २०८२ – तिलौराकोट, कपिलवस्तु :नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक निवासस्थलको अवलोकन गरेका छन्। उनले सो क्षेत्रको संरक्षण, समृद्धि र पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। हुलाकी राजमार्ग केन्द्रित अभियानअन्तर्गत तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, “हामी तराईका सबै क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाको अध्ययन र विश्लेषण गरिरहेका छौं।” उनले तिलौराकोटलाई बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्धित ऐतिहासिक स्थलका… पुरा पढौ

‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा, निर्देशक भन्छन्– यो सिक्वेल होइन

काठमाडौं:निर्देशक दीपेन्द्र के. खनाल निर्देशित नयाँ नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। केही दिनअघि सार्वजनिक टिजरले दर्शकमा उत्सुकता जगाएको यो चलचित्रलाई लिएर अहिले चर्चाको विषय बनेको छ। चलचित्रको नामले दुई वर्षअघि रिलिज भएको ‘के घर के डेरा’ को सिक्वेलझैं देखिए पनि निर्देशक खनालले यसलाई सिक्वेल नभएको स्पष्ट पारेका छन्। “यो के घर के डेरा को सिक्वेल होइन,” खनाल भन्छन्, “घर र डेराको विषय उठाइएको भए पनि यो… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा कपिलवस्तुमा प्रस्तावित कन्या कलेजको अवलोकन, स्थानीयसँग अन्तरक्रिया

वैशाख ५, २०८२ – कपिलवस्तु:पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुग्नुभयो। उहाँले सो अवसरमा विद्यार्थी, अभिभावक र स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्था बारे जानकारी लिनुभयो। कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इञ्चार्ज बलदेव खनालले पनि सम्बोधन गर्नुभएको थियो।कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित उक्त कलेज विशेषगरी मुस्लिम, थारू र मधेसी समुदायका छात्रालाई लक्षित गरी स्थापना गर्न लागिएको हो। महिला हिंसा र सामाजिक असुरक्षाका कारण… पुरा पढौ

६ जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा सिफारिसमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीको नाम समावेश गरिएको छ। सिफारिस गरिएका डिआइजीमध्ये: चन्द्रकुवेर खापुङ केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), लाजिम्पाटमा, लालमणि आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरमा, कृष्णहरि शर्मा पोखरेल बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा, दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा, राजन अधिकारी कोशी प्रदेश प्रहरी… पुरा पढौ