समाचार

कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा रहँदै आएको छ : अध्यक्ष प्रचण्ड

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, अब सहकार्य हुँदैन : अध्यक्ष प्रचण्ड हिड्नखबर डट कम काठमाडौँ, जेठ १८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर सदैव परिवर्तनको पक्षमा अग्रपंक्तिमा रहँदै आएको बताएका छन्। शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कीर्तिपुरले आफूलाई गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति आभार प्रकट गरे। “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ,… पुरा पढौ

कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाबाट लाखौँको सहयोग घोषणा

हिड्न खबर डट्कम पोखरा, जेठ १७ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दो छ। स्याङ्जा जिल्लाका पालिकाका प्रमुख र उपप्रमुखहरूले आइतबार कोटिहोममा सहभागिता जनाउँदै अनाथ बालबालिकाको अभिभावक बन्ने घोषणा गरेका छन्। गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई र वालिङ उपप्रमुख कविता तिवारीले पालिकातर्फबाट जनही एक–एक लाख रुपैयाँ सहयोग गर्ने बताए। मानव सेवाका अन्य शीर्षकमा पनि सहयोग गर्न सकिने उनीहरूको भनाइ छ। कोटिहोममा भक्तजन तथा जनप्रतिनिधिबाट दैनिकरूपमा आर्थिक सहयोग जुटिरहेको छ। हालसम्म अर्घाखाँची, कास्की,… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा नुवाकोटको ऐतिहासिक साततले दरबारको अवलोकन

हिड्न खबर डटकम१७ जेठ २०८२, नुवाकोट — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटस्थित ऐतिहासिक साततले दरबारको स्थलगत अवलोकन गर्नुभएको छ। २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको यो ऐतिहासिक दरबार पुनर्निर्माणमा लामो समयसम्म ढिलाइ भइरहेका बेला अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा उहाँकै विशेष पहलमा पुनर्निर्माणको काम अघि बढाइएको थियो। प्रचण्डको यो अवलोकन भ्रमणलाई दरबार पुनर्निर्माण र समग्र सांस्कृतिक सम्पदा संरक्षणप्रतिको गम्भीर चासोका रूपमा लिइएको छ। स्थानीयवासी तथा सरोकारवाला निकायहरूले उहाँको भ्रमणलाई… पुरा पढौ

हङकङमा नेपाल–चीन परराष्ट्रमन्त्रीबीच भेटवार्ता

हिड्न खबर डट कम १६ जेठ, हङकङ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ता चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा भएको मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा पर्यवेक्षक राष्ट्रका रूपमा नेपालको सहभागिता अन्तर्गत भएको हो। सौहार्दपूर्ण भेटमा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका विषयमा गहन छलफल भएको थियो। मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै विगतमा प्राप्त आर्थिक, सामाजिक… पुरा पढौ

अग्रज पत्रकारको आग्रह: ‘सत्य र तथ्यमा आधारित पत्रकारिता गरौं’

बागलुङ, जेठ १६ – नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा बागलुङमा आयोजित ‘अग्रजसँग संवाद’ कार्यक्रममा सहभागी पत्रकारहरूले नयाँ पुस्तालाई सत्य, तथ्य र अनुसन्धानमा आधारित निर्भिक पत्रकारिता गर्न आग्रह गरेका छन्। ‘उबेलाको पत्रकारिता’ शीर्षकको शृङ्खलामा बोल्दै अग्रज पत्रकार विश्वनाथ रेग्मीले पुराना दिनको स्मृति सुनाउँदै भने, “हामी हुलाकमार्फत समाचार पठाउँथ्यौं, ‘हालै’ भनेर लेख्दा त्यो समाचार हप्ता दिनपछि छापिन्थ्यो।” उनले सन् २०४० सालदेखि पत्रकारिता सुरु गरेको बताउँदै त्यो समयमा ‘क’, ‘ख’ र ‘ग’ वर्गअनुसार समाचारको पारिश्रमिक निर्धारण हुने गरेको खुलाए। कार्यक्रममा… पुरा पढौ

बागलुङको हटियास्थित गेष्टहाउसमा एक व्यक्ति मृत अवस्थामा फेला

बागलुङ, जेठ १६ – बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ हटियास्थित एक गेष्टहाउसको कोठामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। संगिता भण्डारीले सञ्चालन गर्दै आएको सुस्मिता गेष्टहाउसको माथिल्लो तलाको कोठा नम्बर १०१ मा एक पुरुष मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृतकको पहिचान पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–२ घर भई हाल मनराइज बोर्डिङ स्कुल, गलकोट–५ मा अध्यापन गराउँदै आएका अन्दाजी ५५/५६ वर्षीय सुबोध कुमार कुशवाहाका रूपमा भएको छ। प्रहरीका अनुसार कुशवाहा गत २०७९ साल वैशाखदेखि मनराइज बोर्डिङ स्कुलमा पढाउँदै आएका… पुरा पढौ

के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा

हिड्नखबर डट्कमकाठमाडौं । नेपाली चलचित्र 'के घर के डेरा : घर नं २' प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। सकारात्मक प्रतिक्रिया पाइरहेको यो फिल्म आजबाट तेस्रो हप्ता प्रवेश गरेको हो। दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाइरहेको फिल्मलाई आम नेपालीले भोगिरहेको विषयवस्तुलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ। निर्माण पक्षका अनुसार सिनेमा हेर्ने दर्शकहरूको संख्या निरन्तर बढिरहेको छ। निर्देशक दीपेन्द्र के. खनालले भने, “जति दर्शकले सिनेमा हेर्नुभएको छ, सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ। ‘वर्ड अफ माउथ’ राम्रो भएकाले दर्शक… पुरा पढौ

गणतन्त्रको विकल्प छैन : सभापति खड्का

हिड्न खबर डट्कम बागलुङ, जेठ १५ — गण्डकी प्रदेशसभा अन्तर्गत प्रदेश मामिला तथा कानुन समितिकी सभापति चम्पादेवी खड्काले गणतन्त्रको विकल्प नरहेको स्पष्ट गर्नुभएको छ। १८औँ गणतन्त्र दिवसको अवसरमा बिहीबार बागलुङमा आयोजित कार्यक्रममा बोल्दै सभापति खड्काले नेपालमा गणतन्त्रलाई संस्थागत गर्दै सुदृढ बनाउन समय लाग्ने बताउँदै, “गणतन्त्रको विकल्प छैन,” भन्नुभयो। पूर्व संविधानसभा सदस्य समेत रहनुभएकी खड्काले “पुरानो व्यवस्थामा फर्कन खोज्ने स्वरहरू आइरहेका छन्, तर अहिलेको प्रणालीलाई सुदृढ बनाउन सुधार आवश्यक छ,” भन्ने धारणा राख्नुभयो। कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले गणतन्त्र बलियो… पुरा पढौ

पोखरामा कोटीहोम सम्पन्न, हिन्दूराष्ट्रको शंखघोष—१४ लाख भक्तजन सहभागी

हिड्नखबर डट्कम पोखरा, जेठ १५ — पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्र घोषणासहितको विशेष शंखघोष गरिएको छ। पोखराका कृष्णराज अधिकारीले ८ मिनेट २५ सेकेन्ड लामो शंख फुकेर हिन्दूराष्ट्रको घोषणासहित कोटीहोम सम्पन्न भएको जनाइएको छ। अधिकारी विश्वमा लामो शंख फुक्ने तेस्रो व्यक्ति भएका छन्। कोटीहोम अन्तर्गत १०१ कुण्डमा १ करोड ५० लाख हवन गरिएको आयोजकको दाबी छ। कार्यक्रममा हालसम्म १४ लाख भक्तजनको सहभागिता भइसकेको छ। बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजको संकल्पमा… पुरा पढौ

नरैनापुरमा गणतन्त्र दिवस मनाइयो : ‘जनता र समाजवाद उन्मुख गणतन्त्रका लागि संघर्ष आवश्यक’ — अध्यक्ष शाह

हिड्नखबर डट्कम बाँके, जेठ १५ — बाँकेको नरैनापुर गाउँपालिकामा गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइएको छ। सो अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा पर्ने खतरा बढ्दै गएको भन्दै सचेत रहन आह्वान गर्नुभयो। अध्यक्ष शाहले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशी मूल्यहरू ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यिनको प्रभावकारी कार्यान्वयनमा नरैनापुर गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “लोकतन्त्रबिनाको गणतन्त्र सार्थक हुँदैन, र गणतन्त्रबिनाको लोकतन्त्रमा जनताको सार्वभौमसत्ता सुनिश्चित हुँदैन।” उहाँले देशमा लोकतान्त्रिक गणतन्त्रको अभ्यास… पुरा पढौ