काठमाडौं, साउन ९ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रहँदै आएको र यी दुई देशबीच कैयौँ सांस्कृतिक समानता रहेको बताउनुभएको छ। राजधानीमा आयोजित ‘थाइ फ्लेभर इन द हिमालाज्’ ट्रेड फेयरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले दुई देशबीच पाहुनाको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्य–मान्यताको सम्मान, सहिष्णुता, र पर्यटन प्रवर्द्धनजस्ता विषयमा समानता रहेको उल्लेख गर्नुभयो। उहाँले पर्यटनलाई दुवै देशका लागि साझा समृद्धिको माध्यम बनाउन सकिने उल्लेख गर्दै, नेपालको पर्यटन र हस्पिटालिटी क्षेत्रमा थुप्रै सम्भावना रहेको…
पुरा पढौ